News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी ५ का टोल टोलमै राजश्व बुझाउने सुविधा

शशिधर भण्डारी२०८१ भदौ ११
३७४ पटक
२०८१ भदौ ११

स्वर्गद्वारी नगरपालिकाको वडा नं. ५ ले वडाका टोलमा पुगेर राजश्व सङ्कलन गर्न थालेको छ । सामाजिक सुरक्षा भत्ता र नवीकरण घरमै पुगेर गरेको वडा कार्यालय सम्पत्ति कर सङ्कलनका लागि टोलमा पुग्ने अभियानमा लागेको हो ।

वडा कार्यालयमार्फत उठाइने घर, जग्गा तथा अन्य व्यावसायिक कर सङ्कलनका लागि टोलमा पुग्न थालेको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले जानकारी दिए । ‘वडाका दुर्गम बस्तीबाट वडासम्म आउन जान समस्या भएका कारण राजश्व बुझाउन नसकेको महसुस गर्यौं’ घर्तिमगरले भने,‘जनताको सहजताका लागि वडाले टोलमा पुग्ने निर्णय गरेको हो ।’ वडा कार्यालय, टोल विकास संस्थाहरूको समन्वयमा सो काम थालिएको हो । वडाको गुणस्तरीय तथा सहज सेवा प्रदान गर्ने कार्यक्रम अन्तर्गत यसअघि घरमै सामाजिक सुरक्षा भत्ता नवीकरण , घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्यक्रम गरेको वडा अध्यक्ष घर्तिमगरले बताए ।

सामान्यतया असोज मसान्त भित्रै कर तिर्नेहरूका लागि ५ प्रतिशत छुटको व्यवस्था छ । तर नागरिकले समयमै कर नबुझाउँदा हर्जाना अथवा जरिवानामा परि बढी रकम बुझाउनुपर्ने समस्या छ । वडाले गत बिहीबार जनशिशु कल्याण प्राथमिक विद्यालय, सिस्नेरी, शुक्रवार गते नेरा आधारभूत विद्यालय स्यानी लेख, आइतबार बिहान १० बजेदेखि १ बजेसम्म झोल र दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म गायखर्कमा राजश्व सङ्कलन गरेको छ भने मङ्गलवार नेरा आधारभूत विद्यालय डाँफे धारा , बुधवार खोला खेत , बिहीबार गते जनता प्राथमिक विद्यालय जरुवा खेत, शुक्रवार गते पौवाली टोलमा पुगेर राजस्व सङ्कलन गरिने जनाएको छ । वडा कार्यालय नजिकका नागरिकले भने वडा कार्यालयमै राजस्व बुझाउनु पर्नेछ । असोज महिनाभित्र राजस्व बुझाउँदा छुट हुने भएकोले र नागरिकलाई जरिवानामा पर्नबाट बचाउने उद्देश्यले टोलमै पुगेर राजस्व सङ्कलन गर्ने कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष गिरबहादुर घर्तीको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...