News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनीका ४ मन्त्रालयबाट ४ सय बढी कर्मचारीको सरुवा

झुलेनी नेटवर्क२०८१ भदौ ११
२४१ पटक
२०८१ भदौ ११

प्रदेश सरकारको कर्मचारी व्यवस्थापन कार्यविधि,२०७७ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ७ र ९ मा ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको छ । सबैभन्दा बढी वन तथा वातावरण मन्त्रालयका १ सय ४७ कर्मचारी सरुवा भएका छन् ।

दोस्रोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ सय २१ जनाको सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयले ८४ र आर्थिक मामिला मन्त्रालयले लेखा समूहका ६७ जनाको सरुवा गरेको छ । सरुवामा पर्ने अधिकांश कर्मचारी एउटै कार्यक्षेत्रमा २ वर्ष वा त्यसभन्दा बढी बसेका परेका छन् । सरकारले सरुवासम्बन्धी कार्यविधिमा न्यूनतम दुई वर्ष कार्य जिम्मेवारीमा निरन्तर खटिएकालाई अर्को स्थानमा सरुवा गर्ने नीति बनाएको छ ।

सरकारले साउन पहिलो साता नै सरुवा मापदण्ड अनुसार समयावधि पुगेका कर्मचारीलाई अर्को स्थानको सरुवाका लागि रोज्न लगाएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरुवा माग्नेमा प्रदेशको राजधानी रहेको दाङको देउखुरीका मन्त्रालय र मातहतका निर्देशनालय वा विभागमा रहेका कर्मचारीले रुपन्देही, बुटवल र त्यस आसपासका कार्यालयमा माग गरेका थिए । बाहिरबाट मन्त्रालय वा देउखुरीमा जान चाहनेको सङ्ख्या न्यून थियो ।

सरकारको कर्मचारी व्यवस्थापन कार्यविधि अनुसार राजपत्राङ्कित प्रथम श्रेणी वा अधिकृत एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीको नियुक्ति, पदस्थापन वा सरुवासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट हुने उल्लेख छ । त्यस्तै अधिकृत स्तर नवौँ, दसौँ र राप द्वितीय वा सो सरहका कर्मचारीको पदस्थापन, सरुवा प्रदेश प्रमुख सचिव स्तरीय निर्णयबाट हुने उल्लेख छ । त्यस्तै अधिकृत स्तर आठौँ तहदेखि तृतीय तहसम्मको कर्मचारीको नियुक्ति, पदस्थापन वा सरुवा सम्बन्धित मन्त्रालयले गर्न सक्ने व्यवस्था छ ।

मन्त्रालयहरूले त्यही अनुसार सरुवा गरेका छन् । मुख्यमन्त्री कार्यालयमा कार्यरत ५ उपसचिवको सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव प्रेमप्रसाद आचार्य सहरी विकास तथा खानेपानी मन्त्रालयमा गएका छन् । त्यस्तै उपसचिव कृष्णप्रसाद गौतम कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, पुनाराम पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहकारी दर्ता अधिकारीको कार्यालयमा रहेका मधुसूदन पौडेल स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा रहेका दिवाकर भण्डारी शिक्षा तालिम केन्द्र रुपन्देही सरुवा भएका छन् ।

त्यस्तै लेखा समूहबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले सहरी विकास तथा खानेपानी मन्त्रालयका वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत दिनेशसिंह ठाकुरलाई यातायात व्यवस्था कार्यालय बाँके, आर्थिक मामिला तथा योजना मन्त्रालयका लेखा अधिकृत नवीन श्रेष्ठलाई प्रदेश लेखा नियन्त्रणको कार्यालय बुटवल र सडक पूर्वाधार विकास कार्यालय दाङमा कार्यरत लेखा अधिकृत नवराज सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा सरुवा गरेको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार कर्मचारी व्यवस्थापन कार्यविधि अनुसार मुख्यमन्त्री कार्यालयले ५ जना उपसचिव, दसौँ तहका २०, नवौँ तहका २, आठौँ तहका १६ जनासहित १ सय २१ जना कर्मचारीको सरुवा गरिएको छ ।

अहिलेसम्म मुख्यमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले गरी ४ सय १९ जना कर्मचारीको सरुवा भएको जनाएको छ । कर्मचारी व्यवस्थापन कार्यविधिले लेखा समूहका कर्मचारीको सरुवाका लागि प्रदेश लेखा नियन्त्रण कार्यालयको समन्वयमा आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने उल्लेख छ ।

सम्बन्धित मन्त्रालयहरूका अनुसार मुख्यमन्त्री कार्यालयले आठौँ तहका १६, सातौँका २, छैटौँका ६३, पाँचौँका १० र चौथो तहका ३ जना कर्मचारी सरुवा गरेको छ । त्यस्तै वन तथा वातावरण मन्त्रालयले आठौँका ८०, सातौँका ५, छैटौँका २४ र पाँचौँका १५ र तृतीय श्रेणीका २३ गरी १ सय ४७ जना कर्मचारी सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयबाट आठौँ तहका २३, सातौँका ७, छैटौँका २५ र पाँचौँका २९ जना गरी ८४ जना सरुवा भएका छन् । त्यस्तै लेखा समूहबाट आठौँ तहका ८, छैटौँ तहका ५२ र पाँचौँ तहका ७ जना गरी ६७ जना सरुवा भएका छन् ।

वन मन्त्रालयले वन सहायकदेखि रेन्जर र वन अधिकृत सरुवा गरेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले आयुर्वेद चिकित्सक, मेडिकल अधिकृत, वरिष्ठ जनस्वास्थ्य अधिकृत, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत, जनस्वास्थ्य निरीक्षक, ल्याब टेक्निसियन निरीक्षक, स्टाफ नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मी सरुवा गरेको छ । जिल्ला अस्पतालबाट सरुवा भएका अधिकांश मेडिकल अधिकृतहरू लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...