News Portal

रेडियो सुन्नुहोस्

मादल व्यवसायीलाई मादल बनाउन भ्याई-नभ्याई

बिबश जि.एम.२०८१ भदौ १२
६९० पटक
२०८१ भदौ १२

सीप भए नेपालमै प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका पात्र हुन स्वर्गद्वारी नगरपालिका–३ का महेश सुनार । रोल्पा सुनिल स्मृति गाउँपालिका–१ का उनले विगत ३ वर्षदेखि प्युठानको स्वर्गद्वारी नगरपालिका–३ किमिचौर स्थित दोमईमा मादल व्यवसाय गर्दै आएका छन् । उनलाई हिजोआज मादल बनाउनमा भ्याई नभ्याई भएको छ ।

“गत वर्षको सिजनमा ५ देखि ६ लाखसम्म कमाए, अहिले त्यो भन्दा बढी लक्ष्य राखेको छु ।” मादल बनाउने पुर्ख्यौली पेसालाई व्यवसाय बनाउन थालेका महेशले भने– “तर मादलको लागि चाहिने कच्चा पदार्थ पाउन मुस्किल छ । सिजनमा मादलको माग पूरा गर्न सकिन्न । देश तथा विदेश गरी झन्डै १५ वर्षसम्म ट्रक चलाएका महेश अहिले परिवारसँगै बसेर मादल बनाउने व्यवसाय गरिरहेका छन् ।

महेश जस्तै प्युठान नगरपालिका ३ ओखरबोटका ४५ वर्षीय जोख बहादुर सुनार पनि मादल व्यवसायमा व्यस्त छन् । “अघिल्लो सिजनमा २ लाख कमाएँ, अहिलेको सिजनमा त्योभन्दा बढी लक्ष्य राखेको छु । जोख बहादुरले भने ।” ३० वर्षको उमेरदेखि मादल बनाउने व्यवसाय गरिरहेको जोख बहादुरले बताए ।

जोखबहादुर र महेशजस्तै मादल बनाउने व्यवसाय गर्नेहरूको लागि यो सबैभन्दा राम्रो सिजन हो । तीज, दसैँ र तिहार जस्ता चाडवार्डमा मौलिक बाजाको रूपमा प्रयोग हुने मादलको व्यवसाय राम्रो छ । प्युठानमा बनेका मादलहरू रोल्पा, अर्घाखाँची, दाङ लगायतका जिल्लाहरूमा समेत विक्री हुँदै आएका छन् । हिजोआज मादललाई ५ हजार देखि ४० हजारसम्ममा बिक्री हुने मादल निर्माताहरू बताउँछन् । उनीहरूका अनुसार ठुलो आकारका मादलहरू भने अर्डर आए मात्रै बनाउने गरिन्छ । मादल व्याबसायीहरुका अनुसार मादल निर्माणको लागि आवश्यक कच्चापदार्थ अभाव हुने गरेको छ ।

‘कच्चापदार्थको रूपमा प्रयोग हुने छालाको  सधैँ अभाव हुन्छ,’ मादल व्यवसायी  जोख बहादुरले भने, ‘छाला जुटाउन धेरै मेहनत बढी गर्नु पर्छ ।’ मादलमा प्रयोग हुने खरी पिस्नको लागि मेसिन नहुँदा पनि समस्या भोग्नु परेको  व्यवसायी महेशले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...