News Portal

रेडियो सुन्नुहोस्

सडक डिभिजनद्वारा प्रहरीलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण

झुलेनी नेटवर्क२०८१ भदौ १२
४८७ पटक
२०८१ भदौ १२

सडक डिभिजन प्युठानले जिल्ला प्रहरी कार्यालय प्युठानलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट माग भएबमोजिम १ सय ४३ थान सडक सुरक्षा सामाग्री प्रदान गरिएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए।

सडक डिभिजन कार्यालय चकचकेमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी ईश्वर थापालाई १ सय ३ थान ट्राफिक कोन, २५ थान कन्भेक्स मिरर र १५ थान वाटर ब्यारियर गरी १ सय ४३ थान सामाग्री हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै प्युठान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले हस्तान्तरित सडक सुरक्षा सामाग्रीले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...