News Portal

रेडियो सुन्नुहोस्

दक्ष शिक्षक पाउनै मुस्किल

शशिधर भण्डारी२०८१ भदौ १६
८५५ पटक
२०८१ भदौ १६

माण्डवी गाउँपालिकाले बुधवार निम्न माध्यमिक तहको गणित शिक्षकको परीक्षा लियो । अनुदान कोटामा दरखास्त माग गरिएको थियो । तीन जनाको मात्र दरखास्त पर्यो । ती मध्ये दुई जना परीक्षामा सहभागी भए । ती दुवै जना लिखित परीक्षामा असफल भए । उतृर्ण हुन नसकेपछि माण्डवी गाउँपालिकालाई पुनः विज्ञापन गर्ने बाध्यता आइपरेको छ ।

माण्डवी गाउँपालिका–३ नयाँगाउँ स्थित माण्डवी माध्यमिक विद्यालयका लागि विषयगत शिक्षकको लागि आवेदन गरी परीक्षा लिएकोमा दुवै जना पास हुन नसकेको माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिइन ।

गणित मात्रै होइन जिल्लाका विभिन्न विद्यालयहरू लाई आवश्यक पर्ने विज्ञान विषयका शिक्षकहरू समेत पाउन मुस्किल पर्ने गर्दछ । २०८० चैत्र देखि विज्ञान विषयको शिक्षक माण्डबी ४ सल्लीखर्क स्थित यज्ञश्वरी आधारभूत विद्यालयले पाउन नसकेको विद्यालयले जनाएको छ । जसले गर्दा ८७ जना विद्यार्थीको पठनपाठनमा समस्या देखिएको प्रधानाध्यापक चुमान सिंह गाहाले बताए । विद्यालयले अन्य शिक्षकहरूलाई विज्ञान विषयको जिम्मा दिएको छ । ‘विषयगत विज्ञता नहुँदा नहुँदै पनि अन्य शिक्षकले जिम्मेवारी लिनुपर्ने बाध्यता भयो’ प्रधानाध्यापक गाहाले भने । विषयगत सीपले विद्यार्थीलाई सिकाइमा प्रभाव पार्ने हुँदा नतिजा हासिल गर्न कठिनाइ हुने उनको भनाइ छ ।

यज्ञेश्वरीमा विज्ञान शिक्षकको लागि माण्डवी गाउँपालिकाले ६ पटक दरखास्त आव्हान गरिसकेको छ । पटक पटकको सूचनामा पनि दरखास्त नपर्ने समस्या भएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए । पछिल्लो समयमा विद्यालयमा लिने परीक्षामा दक्ष जनशक्तिको अभाव हुँदै गएको छ । कम प्रतिस्पर्धाका कारण दक्ष जनशक्ति परिपूर्ति गर्न नसकिएकोले शैक्षिक गुणस्तरमा समेत असर पर्ने देखिएको छ । माण्डवी गाउँपालिकाले गाउँपालिका अनुदान शिक्षक अन्तर्गत निम्न माध्यमिक तहको शिक्षकका लागि मासिक १९ हजार ५ सय ५० रुपैयाँ तलब तोकेको छ ।  ‘उच्च प्रतिस्पर्धा कुनै पनि विषयमा देखिँदैन’ उनले भने-‘गणित, विज्ञान र अङ्ग्रेजी जस्ता विषयमा त झन् समस्या देखियो ।’ विषयगत शिक्षक नपाएपछि अन्य विषयमा दक्ष शिक्षकले पठाएको नतिजा उत्कृष्ट हुन मुस्किल पर्ने उनको धारणा छ ।

यस्तै गौमुखी गाउँपालिका–१ अर्खा स्थित अर्खा माध्यमिक विद्यालयले ६ पटकमा शिक्षक भर्ना गरेको छ । अध्यापन अनुमति प्राप्त नगरेको व्यक्तिलाई नै शिक्षक भर्ना गरिएको हो । ‘मुस्किलले विद्यालयमा शिक्षक पठाएका छौँ’ गौमुखी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा सुवेदीले भने । अन्य विद्यालयमा समेत विज्ञापन गरिएकोमा शिक्षक पाउन समस्या परेको उनी बताउँछन् ।

जिल्लामा अङ्ग्रेजी गणित र विज्ञान विषयका दक्ष शिक्षा पाउन समस्या  देखिएको शिक्षा समन्वय इकाई प्युठानका सूचना अधिकारी कुमार पुरीले बताए ।  ‘छोटो समयका लागि बाहिरबाट आउने कम हुने र स्थानीय स्तरमा विषयगत जनशक्ति नहुनुले करार सेवाका लागि शिक्षक अभाव खड्किएको हो’ पुरीले भने, ‘तलब थोरै हुँदा पनि आकर्षण नभएको हुन् सक्छ ।’ सङ्घीय अनुदान अन्तर्गत अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक भर्ना गर्न पाउने भए पनि दरखास्तै नपर्ने, दरखास्तबाट उतृर्ण हुन नसक्ने समस्याहरू देखिँदै आएको समेत  पुरी बताउँछन् ।  ।अहिले नियमित शिक्षक सेवा आयोग खुलिरहेको छ । अधिकांशले तयारी गरिरहेका छन् । यसले गर्दा पनि करार र अनुदान शिक्षक पाउन गाह्रो भएको पुरीको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...