News Portal

रेडियो सुन्नुहोस्

दक्ष शिक्षक पाउनै मुस्किल

शशिधर भण्डारी२०८१ भदौ १६
७२१ पटक
२०८१ भदौ १६

माण्डवी गाउँपालिकाले बुधवार निम्न माध्यमिक तहको गणित शिक्षकको परीक्षा लियो । अनुदान कोटामा दरखास्त माग गरिएको थियो । तीन जनाको मात्र दरखास्त पर्यो । ती मध्ये दुई जना परीक्षामा सहभागी भए । ती दुवै जना लिखित परीक्षामा असफल भए । उतृर्ण हुन नसकेपछि माण्डवी गाउँपालिकालाई पुनः विज्ञापन गर्ने बाध्यता आइपरेको छ ।

माण्डवी गाउँपालिका–३ नयाँगाउँ स्थित माण्डवी माध्यमिक विद्यालयका लागि विषयगत शिक्षकको लागि आवेदन गरी परीक्षा लिएकोमा दुवै जना पास हुन नसकेको माण्डवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिइन ।

गणित मात्रै होइन जिल्लाका विभिन्न विद्यालयहरू लाई आवश्यक पर्ने विज्ञान विषयका शिक्षकहरू समेत पाउन मुस्किल पर्ने गर्दछ । २०८० चैत्र देखि विज्ञान विषयको शिक्षक माण्डबी ४ सल्लीखर्क स्थित यज्ञश्वरी आधारभूत विद्यालयले पाउन नसकेको विद्यालयले जनाएको छ । जसले गर्दा ८७ जना विद्यार्थीको पठनपाठनमा समस्या देखिएको प्रधानाध्यापक चुमान सिंह गाहाले बताए । विद्यालयले अन्य शिक्षकहरूलाई विज्ञान विषयको जिम्मा दिएको छ । ‘विषयगत विज्ञता नहुँदा नहुँदै पनि अन्य शिक्षकले जिम्मेवारी लिनुपर्ने बाध्यता भयो’ प्रधानाध्यापक गाहाले भने । विषयगत सीपले विद्यार्थीलाई सिकाइमा प्रभाव पार्ने हुँदा नतिजा हासिल गर्न कठिनाइ हुने उनको भनाइ छ ।

यज्ञेश्वरीमा विज्ञान शिक्षकको लागि माण्डवी गाउँपालिकाले ६ पटक दरखास्त आव्हान गरिसकेको छ । पटक पटकको सूचनामा पनि दरखास्त नपर्ने समस्या भएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए । पछिल्लो समयमा विद्यालयमा लिने परीक्षामा दक्ष जनशक्तिको अभाव हुँदै गएको छ । कम प्रतिस्पर्धाका कारण दक्ष जनशक्ति परिपूर्ति गर्न नसकिएकोले शैक्षिक गुणस्तरमा समेत असर पर्ने देखिएको छ । माण्डवी गाउँपालिकाले गाउँपालिका अनुदान शिक्षक अन्तर्गत निम्न माध्यमिक तहको शिक्षकका लागि मासिक १९ हजार ५ सय ५० रुपैयाँ तलब तोकेको छ ।  ‘उच्च प्रतिस्पर्धा कुनै पनि विषयमा देखिँदैन’ उनले भने-‘गणित, विज्ञान र अङ्ग्रेजी जस्ता विषयमा त झन् समस्या देखियो ।’ विषयगत शिक्षक नपाएपछि अन्य विषयमा दक्ष शिक्षकले पठाएको नतिजा उत्कृष्ट हुन मुस्किल पर्ने उनको धारणा छ ।

यस्तै गौमुखी गाउँपालिका–१ अर्खा स्थित अर्खा माध्यमिक विद्यालयले ६ पटकमा शिक्षक भर्ना गरेको छ । अध्यापन अनुमति प्राप्त नगरेको व्यक्तिलाई नै शिक्षक भर्ना गरिएको हो । ‘मुस्किलले विद्यालयमा शिक्षक पठाएका छौँ’ गौमुखी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा सुवेदीले भने । अन्य विद्यालयमा समेत विज्ञापन गरिएकोमा शिक्षक पाउन समस्या परेको उनी बताउँछन् ।

जिल्लामा अङ्ग्रेजी गणित र विज्ञान विषयका दक्ष शिक्षा पाउन समस्या  देखिएको शिक्षा समन्वय इकाई प्युठानका सूचना अधिकारी कुमार पुरीले बताए ।  ‘छोटो समयका लागि बाहिरबाट आउने कम हुने र स्थानीय स्तरमा विषयगत जनशक्ति नहुनुले करार सेवाका लागि शिक्षक अभाव खड्किएको हो’ पुरीले भने, ‘तलब थोरै हुँदा पनि आकर्षण नभएको हुन् सक्छ ।’ सङ्घीय अनुदान अन्तर्गत अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक भर्ना गर्न पाउने भए पनि दरखास्तै नपर्ने, दरखास्तबाट उतृर्ण हुन नसक्ने समस्याहरू देखिँदै आएको समेत  पुरी बताउँछन् ।  ।अहिले नियमित शिक्षक सेवा आयोग खुलिरहेको छ । अधिकांशले तयारी गरिरहेका छन् । यसले गर्दा पनि करार र अनुदान शिक्षक पाउन गाह्रो भएको पुरीको भनाइ छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...