News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासङ्घको निर्वाचन अनिश्चित, कार्यकाल लम्ब्याउन जिल्ला अध्यक्षहरूको व्यापक दबाब

झुलेनी नेटवर्क२०८१ असोज ३
८८१ पटक
२०८१ असोज ३

नेपाल पत्रकार महासङ्घको निर्वाचन फेरी सर्ने स्थिति देखा परेको छ । तेस्रो पटक तोकिएको मिति असोज १२ मा समेत चुनाव नहुने भएपछि महासङ्घको निर्वाचन थप अनिश्चित र अन्योल बनेको छ ।

सदस्यता विवादले निर्वाचन गर्न नसक्ने वातावरण बनेपछि पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिइसकेका छन् । कार्यवाहक अध्यक्ष रमेश विष्टको संयोजनमा पछिल्लो पटक तोकिएको मितिमा समेत चुनाव हुने वातावरण बनेको छैन ।

नेपाल पत्रकार महासङ्घको विधानको धरा ३५ मा निर्वाचन समिति र कार्यविधिको व्यवस्था रहेको छ । धारा ३५ को उपधारा ७ मा हरेक तेस्रो वर्षमा निर्वाचन हुने व्यवस्था छ । औचित्य पुष्टि हुने गरी विशेष अवस्था उत्पन्न भएमा केन्द्रीय समितिले ३ वर्ष पुगेको दिनदेखि पहिलो पटक बढीमा ६ महिना भित्र निर्वाचनका लागि अर्को दिन तोक्ने व्यवस्था छ ।

यसरी मिति तोक्दा पनि विविध कारणले काबु बाहिरको अवस्था सिर्जना भई निर्वाचन गर्न असम्भव भएमा प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरेर त्यसै भेलाको निर्णयबाट समितिले गरेका काम कारबाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोकिने व्यवस्था छ ।

जिल्ला जिल्लाबाट मापदण्डलाई मिचेर गैह्र पत्रकारलाई नवीकरणको लागि सिफारिस गरिएपछि केन्द्रीय समितिले कार्यदल बनाएर सदस्य शुद्धीकरणको नयाँ सूची बनाएको थियो । पछिल्लो समयमा राजनीतिक चासोले उक्त सूची गिजोलिएपछि विवादित बनेको छ । भने, केन्द्रीय समितिले थपेका कतिपय नामसमेत गैह्र पत्रकारका छन् ।

जिल्ला अध्यक्षहरूले आफूहरूले पठाएको सूची हुबहु लागु हुनुपर्ने दबाब बढाउँदै केन्द्रीय समितिलाई घेराबन्दी गरेका छन् । सदस्यताका लागि जिल्ला शाखाले सिफारिस गर्ने विधानको व्यवस्था छ ।

सुद्धिकरण अभियानै चलाएर शुद्दिकरण हुने र त्यसमा यो स्तरको विवाद आउन सक्ने तर्फ विधानले कल्पना गरेको छैन ।

कतिपय जिल्ला शाखाहरूले सुर्खेतको मापदण्ड उल्लङ्घन गरेर सदस्यता सिफारिस गरेका छन् । अहिले ५० बढी जिल्लाका अध्यक्षहरूले निर्वाचन पछि धकेल्ने अन्तिम विकल्पको रूपमा विधानमा रहेको व्यवस्थालाई प्रयोग गर्दै प्रदेश र जिल्ला अध्यक्षहरूको भेला बोलाउन दबाब बढाएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...