News Portal

रेडियो सुन्नुहोस्

प्रेस काउन्सिलको ५५औं वार्षिकोत्सव, विभिन्न पुरस्कार प्रदान गरिदै

झुलेनी नेटवर्क२०८१ असोज ६
५२५ पटक
२०८१ असोज ६

प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिकोत्सवका अवसरमा बिभिन्न पुरस्कारहरु घोषणा गरेको छ ।

काउन्सिलको वार्षिकोत्सवका अवसरमा आज गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार राष्टपतिको उपस्थितिमा वितरण गरिदै छ ।

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युटलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ । यस पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।

यस्तै १ लाख १० हजार रुपैयाँ राशि रहेको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका पत्रकार बद्री सिग्देललाई प्रदान गरिनेछ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार भने रातोपाटी डटकमले पाउने भएको छ ।

काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो । स्थापनाको ५५ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काउन्सिलले यी पुरस्कार प्रदान गर्नेछ ।

काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...