News Portal

रेडियो सुन्नुहोस्

नागबेलीद्वारा किसानलाई मुर्रा क्रस भैसी वितरण

बोम बहादुर परियार२०८१ असोज १२
५५४ पटक
२०८१ असोज १२

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले किसानलाइ मुर्रा क्रस भैँसी वितरण सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच १० वटा उन्नत जात मुर्राक्रस भैसी बितरण गरेको हो ।

कार्यक्रमअन्तरगत छनोट भएका ३४ मध्य पहिलो चरणमा १० कृषकलाई वितरण गरिएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए। कृषकले चिट्टाको माध्यमबाट भैंसी छनोट गरेका थिए। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना बुटवलको आर्थिक सहयोगमा कृषकको ५० प्रतिशत लागतमा भैसी बितरण गरिएको पाण्डेले बताए ।

भैसी वितरण कार्यक्रमकामा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले दुध र तरकारीका क्षेत्रमा प्यूठान नगरपालिकालाइ आत्मनिर्भर बनाउने योजना रहेको बताए । योगिले किसानले पाल्दै आएका भैसीहरुको निशुल्क बिमा गरिदिन पहल गर्ने बताए ।

नागवेलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, भैँसी पालन दूध उत्पादन तथा बजारीकरण उप–आयोजनाको ६८ लाख र लाभग्राही कृषकको ६८ लाख गरी १ करोड ३६ लाखको परियोजना सञ्चालन गरेको छ। उक्त परियोजना अन्तर्गत भैँसी तथा राँगा वितरण सँगसँगै पूर्वाधार(गोठ) निर्माण, उन्नत भैँसी खरिद, मोटर सहित च्याँपाकटर खरिद, दाना मिल, मिल्क चिलिंगभ्याट, पावरटिलर खरिद, मिल्क एनालाईजर, औषधी खरिद, दाना खरिद, सिप तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन हुने पाण्डेले बताए । किसानले पाउने ४२ मुर्रा क्रस भैँसी मध्य शुक्रवार १० वटा वितरण गरिएको थियो। अर्काे हप्ता थप भैसी बितरण गरिने अध्यक्ष पाण्डेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...