News Portal

रेडियो सुन्नुहोस्

खेलकुदलाई व्यवस्थित गर्न ध्यान देऊ ।

सम्पादक२०८१ कार्तिक ६
१०१४ पटक
२०८१ कार्तिक ६

स्वास्थ्य, आत्मसम्मान र पहिचानका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्लो समय स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म नेपाली खेलाडीले गरेको प्रभावशाली प्रदर्शन र आम नागरिकमा जागेको खेलकुदप्रतिको मोह र आकर्षणले खेल क्षेत्रलाई थप रोमाञ्चकारी मात्र बनाएको छैन, खेलकुदमै आफ्नो भविष्य खोज्नेहरूमा उत्साह पनि थपेको छ । स्थानीय तह र विद्यालय स्तरदेखि नै विकास हुँदै जाने खेल क्षेत्रतर्फ राज्यले भने चासो दिएको पाइँदैन । संस्थागत संरचनाहरू केवल राजनीतिक नियुक्तिका केन्द्र मात्र बनेका छन् भने विनियोजन हुने बजेट पनि सानो आकारका र स्वार्थ अनुकूलका हुँदा त्यसको प्रभावकारिता न्यून छ । अझ खेल क्षेत्रमा छुट्ट्याइने पुँजीगत योजनाहरू त खेलाडीको अनुकूलतामा होइन ठेकेदारको अनुकूलतामा छुट्टिने गरेका छन् । खेल क्षेत्रको दीर्घकालीन विकासका लागि पूर्व योजना र दिगो अवधारण बनाउनेतर्फ सरकारको ध्यान नजाँदा विभिन्न ठाउँमा बनेका खेलमैदान र खेलकुदका संरचनाहरू प्रयोगविहीन र बेवारिसे बनेका छन् ।

प्यूठान जिल्लामा पनि समुदाय स्तरमै खेलकुदप्रतिको मोह बढ्दो क्रममा छ । आम नागरिक स्तरबाटै हप्तौँ सम्मका खेलकुद कार्यक्रमहरू र लाखौँ रुपैयाँसम्म पुरस्कार राशि रहेका प्रतियोगिता आयोजना हुने गरेका छन् । आम नागरिक स्तरबाट विभिन्न समूह र क्लबका नाममा आयोजना हुने यस्ता कार्यक्रमहरूलाई प्रवर्द्धन, प्रोत्साहन गर्दै आवश्यकताअनुसार व्यवस्थापन तथा नियमन गर्नेतर्फ भने सरकारी निकायको कुनै चासो छैन । स्थानीय सरकारहरू यस्ता कार्यक्रमको भित्री पाटोसँग बेखवरजस्ता हुने र केवल उद्घाटन र समापनमा मात्र जोडिने गरेका छन् भने खेलकुद विकास समिति केवल औपचारिकतामा सीमित छ । सरकारका संरचनाहरू केवल राजनीतिक नियुक्तिका केन्द्र बन्नेतर्फ अग्रसर छन् ।

खेल क्षेत्रको दीर्घकालीन विकास र व्यवस्थापन हुन सक्यो भने खेलाडीहरू व्यावसायिक रूपमै यो क्षेत्रमा टिक्न सक्छन् । त्यसका लागि राज्यले खेल क्षेत्रको अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउँदै कार्यान्वयनमा लैजानुपर्दछ । समुदाय स्तरबाट हुने कार्यक्रमहरूमा अपनत्व लिँदै त्यसको व्यवस्थापनमा जोड दिनु पर्दछ । स्वतः स्फूर्तरुपमा स्थानीय युवाहरूले आयोजना गर्ने कार्यक्रममा स्वदेश तथा विदेशबाट सहयोगदाताहरूले लाखौँ रुपैयाँ सहयोग गर्ने तर, त्यो क्षेत्र सरकारको प्राथमिकतामा नपर्ने विषय सकारात्मक होइन । यस कारण खेल क्षेत्रको दिगो र व्यवस्थित विकास, दीर्घकालीन पूर्वाधार विकास, र औचित्य एवं आवश्यकताका आधारमा कार्यक्रमको प्राथमिकिकरणका लागि स्थानीय तहदेखि नै खेल क्षेत्रको विकासको स्पष्ट खाका र नीति निर्माण गरेर अगाडि बढ्नु आवश्यक छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...