News Portal

रेडियो सुन्नुहोस्

खेलकुदलाई व्यवस्थित गर्न ध्यान देऊ ।

सम्पादक२०८१ कार्तिक ६
८०० पटक
२०८१ कार्तिक ६

स्वास्थ्य, आत्मसम्मान र पहिचानका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्लो समय स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म नेपाली खेलाडीले गरेको प्रभावशाली प्रदर्शन र आम नागरिकमा जागेको खेलकुदप्रतिको मोह र आकर्षणले खेल क्षेत्रलाई थप रोमाञ्चकारी मात्र बनाएको छैन, खेलकुदमै आफ्नो भविष्य खोज्नेहरूमा उत्साह पनि थपेको छ । स्थानीय तह र विद्यालय स्तरदेखि नै विकास हुँदै जाने खेल क्षेत्रतर्फ राज्यले भने चासो दिएको पाइँदैन । संस्थागत संरचनाहरू केवल राजनीतिक नियुक्तिका केन्द्र मात्र बनेका छन् भने विनियोजन हुने बजेट पनि सानो आकारका र स्वार्थ अनुकूलका हुँदा त्यसको प्रभावकारिता न्यून छ । अझ खेल क्षेत्रमा छुट्ट्याइने पुँजीगत योजनाहरू त खेलाडीको अनुकूलतामा होइन ठेकेदारको अनुकूलतामा छुट्टिने गरेका छन् । खेल क्षेत्रको दीर्घकालीन विकासका लागि पूर्व योजना र दिगो अवधारण बनाउनेतर्फ सरकारको ध्यान नजाँदा विभिन्न ठाउँमा बनेका खेलमैदान र खेलकुदका संरचनाहरू प्रयोगविहीन र बेवारिसे बनेका छन् ।

प्यूठान जिल्लामा पनि समुदाय स्तरमै खेलकुदप्रतिको मोह बढ्दो क्रममा छ । आम नागरिक स्तरबाटै हप्तौँ सम्मका खेलकुद कार्यक्रमहरू र लाखौँ रुपैयाँसम्म पुरस्कार राशि रहेका प्रतियोगिता आयोजना हुने गरेका छन् । आम नागरिक स्तरबाट विभिन्न समूह र क्लबका नाममा आयोजना हुने यस्ता कार्यक्रमहरूलाई प्रवर्द्धन, प्रोत्साहन गर्दै आवश्यकताअनुसार व्यवस्थापन तथा नियमन गर्नेतर्फ भने सरकारी निकायको कुनै चासो छैन । स्थानीय सरकारहरू यस्ता कार्यक्रमको भित्री पाटोसँग बेखवरजस्ता हुने र केवल उद्घाटन र समापनमा मात्र जोडिने गरेका छन् भने खेलकुद विकास समिति केवल औपचारिकतामा सीमित छ । सरकारका संरचनाहरू केवल राजनीतिक नियुक्तिका केन्द्र बन्नेतर्फ अग्रसर छन् ।

खेल क्षेत्रको दीर्घकालीन विकास र व्यवस्थापन हुन सक्यो भने खेलाडीहरू व्यावसायिक रूपमै यो क्षेत्रमा टिक्न सक्छन् । त्यसका लागि राज्यले खेल क्षेत्रको अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउँदै कार्यान्वयनमा लैजानुपर्दछ । समुदाय स्तरबाट हुने कार्यक्रमहरूमा अपनत्व लिँदै त्यसको व्यवस्थापनमा जोड दिनु पर्दछ । स्वतः स्फूर्तरुपमा स्थानीय युवाहरूले आयोजना गर्ने कार्यक्रममा स्वदेश तथा विदेशबाट सहयोगदाताहरूले लाखौँ रुपैयाँ सहयोग गर्ने तर, त्यो क्षेत्र सरकारको प्राथमिकतामा नपर्ने विषय सकारात्मक होइन । यस कारण खेल क्षेत्रको दिगो र व्यवस्थित विकास, दीर्घकालीन पूर्वाधार विकास, र औचित्य एवं आवश्यकताका आधारमा कार्यक्रमको प्राथमिकिकरणका लागि स्थानीय तहदेखि नै खेल क्षेत्रको विकासको स्पष्ट खाका र नीति निर्माण गरेर अगाडि बढ्नु आवश्यक छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...