News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा कृषि हाटबजार सञ्चालन हुने

झुलेनी नेटवर्क२०८१ कार्तिक ६
६५४ पटक
२०८१ कार्तिक ६

झिमरुक गाउँपालिकाले कृषि हाटबजार सञ्चालनका लागि तयारी थालेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि व्यवसाय प्रवर्द्धन तथा बजारीकरण कार्यक्रम अन्तरगत कृषि हाटबजार सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । स्थानीय कृषकबाट उत्पादित कृषि उपजहरू हाटबजार मार्फत बिक्रीका लागि सहजीकरण गर्न गाउँपालिकाले यो आर्थिक वर्षदेखि हाटबजार सञ्चालन गर्ने कार्यक्रम ल्याएको उनको भनाई छ ।

अध्यक्ष महतरा क्षेत्रीका अनुसार गाउँपालिकाले जग्गा प्राप्त हुने बित्तिकै स्टल बनाउने कार्य सुरु गर्नका लागि बजेट व्यवस्थापन गरिसकेको जनाएको छ । गाउँपालिका भित्र उत्पादन हुने आलु, बेसार(हलेदो), भटमास, कोदो र फापरको उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि कृषकलाई उत्पादनको आधारमा अनुदान र सङ्कलकका लागि अनुदान कार्यक्रम पनि सञ्चालन गर्न थालेको महतराले बताए । कोदो, फापर र भटमासमा प्रतिकिलो १० रुपैयाँ, काँचो बेसारमा प्रतिकिलो ५ रुपैयाँ र आलुमा प्रतिकिलो ६ रुपैयाँ कृषकलाई अनुदान दिने, सबै उत्पादनको सङ्कलन र भण्डारणका लागि सङ्कलनको जिम्मा लिने सहकारी वा समूहलाई प्रतिकिलो ३ रुपैयाँ अनुदान दिने र बजारीकरणको व्यवस्था गाउँपालिकाले गर्ने गरी कार्यविधि पास गरिएको अध्यक्ष महतराले बताए ।

झिमरुक गाउँपालिकाका चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत कृषि उपज सङ्कलन र हाटबजार सञ्चालनका लागि प्रक्रिया थालिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर थापाले बताए । मच्छी बजार क्षेत्रबाट बढीमा ५ सय मिटर दुरीमा रहने गरी जग्गा भाडामा लिन गाउँपालिकाले १५ दिने सूचना समेत सार्वजनिक गरेको छ । सङ्कलन तथा भण्डारणका लागि सहकारी र कृषक समूह सहभागी हुनुपर्ने भनेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...