News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा कृषि हाटबजार सञ्चालन हुने

झुलेनी नेटवर्क२०८१ कार्तिक ६
३९९ पटक
२०८१ कार्तिक ६

झिमरुक गाउँपालिकाले कृषि हाटबजार सञ्चालनका लागि तयारी थालेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि व्यवसाय प्रवर्द्धन तथा बजारीकरण कार्यक्रम अन्तरगत कृषि हाटबजार सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । स्थानीय कृषकबाट उत्पादित कृषि उपजहरू हाटबजार मार्फत बिक्रीका लागि सहजीकरण गर्न गाउँपालिकाले यो आर्थिक वर्षदेखि हाटबजार सञ्चालन गर्ने कार्यक्रम ल्याएको उनको भनाई छ ।

अध्यक्ष महतरा क्षेत्रीका अनुसार गाउँपालिकाले जग्गा प्राप्त हुने बित्तिकै स्टल बनाउने कार्य सुरु गर्नका लागि बजेट व्यवस्थापन गरिसकेको जनाएको छ । गाउँपालिका भित्र उत्पादन हुने आलु, बेसार(हलेदो), भटमास, कोदो र फापरको उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि कृषकलाई उत्पादनको आधारमा अनुदान र सङ्कलकका लागि अनुदान कार्यक्रम पनि सञ्चालन गर्न थालेको महतराले बताए । कोदो, फापर र भटमासमा प्रतिकिलो १० रुपैयाँ, काँचो बेसारमा प्रतिकिलो ५ रुपैयाँ र आलुमा प्रतिकिलो ६ रुपैयाँ कृषकलाई अनुदान दिने, सबै उत्पादनको सङ्कलन र भण्डारणका लागि सङ्कलनको जिम्मा लिने सहकारी वा समूहलाई प्रतिकिलो ३ रुपैयाँ अनुदान दिने र बजारीकरणको व्यवस्था गाउँपालिकाले गर्ने गरी कार्यविधि पास गरिएको अध्यक्ष महतराले बताए ।

झिमरुक गाउँपालिकाका चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत कृषि उपज सङ्कलन र हाटबजार सञ्चालनका लागि प्रक्रिया थालिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर थापाले बताए । मच्छी बजार क्षेत्रबाट बढीमा ५ सय मिटर दुरीमा रहने गरी जग्गा भाडामा लिन गाउँपालिकाले १५ दिने सूचना समेत सार्वजनिक गरेको छ । सङ्कलन तथा भण्डारणका लागि सहकारी र कृषक समूह सहभागी हुनुपर्ने भनेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...