News Portal

रेडियो सुन्नुहोस्

स्याउलिवाङ्गमा सर्वपक्षीय छलफल

बिबश जि.एम.२०८१ कात्तिक ११
४९७ पटक
२०८१ कात्तिक ११

नागरिकका सरोकारका विषयमा नौबहिनी गाउँपालिका १ स्याउलिबाङ्गमा सर्वपक्षीय छलफल भएको छ ।

जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीयको उपस्थितिमा शनिवार विकासका पूर्वाधार, आवश्यकता र उत्पादनको विषयमा छलफल भएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए ।

छलफलमा स्याउलिवाङ्गमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन विस्तारमा भएको ढिलासुस्ती, नेपाल टेलिकमको टावरमा भएको ब्याट्री ब्याक–अपको समस्या, सडक विस्तार तथा स्तरोन्नति, खाद्य बस्तुहरूको चेकजाँच, स्थानीय उत्पादित बस्तुको बजारीकरण, दुर्घटना न्यूनीकरणका लागि अस्थायी प्रहरी बिट निर्माण र बाग्दुला–बहाने हुँदै स्याउलिवाङ्गको यातायात भाडा दर समायोजन लगायतका विषयहरु समावेश भएका थिए ।

कार्यक्रममै जिल्ला प्रशासन कार्यालयले अपाङ्ग, विपन्न तथा गरिब ५० घरपरिवारलाई राहत स्वरूप १-१ थान कम्मल वितरण गरेको छ । त्यस्तै नौबहिनी गाउँपालिकाले वडाका ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई १-१ थान छाता र लट्ठी वितरण गरेको छ । सोही कार्यक्रमको क्रममै लागू औषध नियन्त्रणको विषयमा पनि अन्तरक्रिया भएको थियो ।

नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक दिनेश बस्याल, सडक पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्र बहादुर शाह, विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका सब–इन्जिनियर प्रज्वल हुमागाईँ, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेता, स्थानीय बुद्धिजीवी लगायतको सहभागिता थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...