News Portal

रेडियो सुन्नुहोस्

आज पौष १२ गते बिहीबारको राशिफल

७८७ पटक

वि.सं.२०७५ साल पौष १२ गते । बिहीबार । इस्वी सन् २०१८ डिसेम्बर २७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि पञ्चमी,१५ घडी ३७ पला,दिउँसो ०९ बजेर ०९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मघा,२५ घडी १५ पला,बेलुकी ०५ बजेर ०० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग प्रीति,३३ घडी ३५ पला,बेलुकी ०८ बजेर २१ मिनेट उप्रान्त आयुष्मान । करण तैतिल,दिउँसो ०१ बजेर ०९ मिनेट उप्रान्त गर,रातको १२ बजेर ०१ मिनेट उप्रान्त गर । आनन्दादिमा मुसल योग । चन्द्र राशि सिंह । काठमाडौँमा सूर्योदय ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला ।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) थोरै लगानीबाट पनि मनग्गे आम्दानी हुनेछ भने सानो सानो व्यवसायमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । आर्थिक रूपमा सम्पन्न हुने समय रहेकोले परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । शेयर बजार, स्कुल कलेज तथा बैक ईन्सुरेन्समा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ भने सन्तान तथा छोराछोरीको उच्च स्तरीय शिक्षा देखेर मन प्रसन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) घर जग्गा तथा माटोसँग सम्बन्धित कामहरूबाट मनग्गे नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने तथा जनताको पक्षमा काम गर्न सक्दा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने तथा प्रतिस्पर्धीहरूलाई हराउँदै पुरस्कार तथा प्रशङसा पत्र जित्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । आमा तथा आफन्तको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ भने व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरूको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरू अरूकै पोल्टोमा पर्नेछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा अरूले नकारात्मक टिप्पणी गर्न सक्छन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) काम गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोले पुनः गर्नुपर्ला । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले आर्थिक मुद्दाहरू थाती रहनेछन् । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायबाट खासै आम्दानी नभए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समय राम्रो रहेको छ । आफन्त तथा अग्रज सँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुने प्रशस्त सम्भावना रहेको छ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) चुनौतीहरूलाई किनारा लगाउँदै कामहरू बनाउन सकिनेछ भने राम्रा काम गर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएरै जाने तथा व्यावसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो बिद्यालार्ई निखार्ने सकिनेछ । आँटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आध्यात्मिक क्षेत्रमा ध्यान जानेछ भने लामो दुरीको यात्राको तय हुनेछ । विभिन्न अवसरहरूको सदुपयोग गर्दै धन तथा सम्पन्न कमाउने सकिनेछ । सामाजिक काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । पढाई लेखाइकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । साथीभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ भने जीवन साथीको सल्लाहले व्यवसाय फस्टाएर जानेछ । दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढ्नेछ भने व्यापार व्यवसायमा आम्दानी कम हुने दुनाले आर्थिक रूपमा अरूभन्दा पछि परिनेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात नलाग्दा स्कुल कलेज जान मन लाग्ने छैन । आफन्त तथा दिदी बहिनी सँग मनमुटाब बढ्ने योग रहेको छ । प्रेम प्रशङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिने छैन । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने पति पत्नीबिच अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । घर परिवार विशेष गरी जीवनसाथी सँगको सम्बन्धमा आउने वैचारिक द्वन्द्धले उतारचढाव ल्याउनेछ । अरूकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ भने थाती राख्नु होला घाटा लाग्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनछ । व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी गणेश काफ्ले/news24

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...