News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा विशेषज्ञ सहितको आँखा शिविर हुने

बोम बहादुर परियार२०८१ कार्तिक २६
४६९ पटक
२०८१ कार्तिक २६

प्यूठानमा जटिल प्रकारका आँखाका बिरामीका लागि आगामी बिहीबार विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजनामा सञ्चालन हुने शिविरमा अस्पतालसँग सम्झौता गरेका स्थानीय तहका ज्येष्ठ नागरिकहरूले निःशुल्क उपचार सेवा पाउने अस्पतालका प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताइन् ।

आँखा धमिलो देखिने र मोतीबिन्दुको लक्षण भएका बिरामीहरूले बुधवार चेकजाँच गराउन सक्ने अस्पतालले जनाएको छ । जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि बिहीबार विशेषज्ञ सेवा सञ्चालन हुने ठकुरीले बताइन् । जिल्लाका ६ वटा स्थानीय तहले अस्पतालसँग सम्झौता गरेर ज्येष्ठ नागरिकको निःशुल्क आँखा उपचार गर्दै आएका छन् । नौबहिनी गाउँपालिका,गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिकाले अस्पतालसँग सम्झौता गरिसकेका छन् भने मल्लरानी गाउँपालिकासँग सम्झौता गर्ने तयारी भइरहेको प्रमुख मल्लले बताइन । वडाको सिफारिसको आधारमा मल्लरानीका ज्येष्ठ नागरिकको पनि निःशुल्क उपचार गर्ने गरिएको उनले बताइन ।

स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिकाले भने अस्पतालसँग सम्झौता गरेका छैनन् । प्यूठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलावेशी र स्वर्गद्वारी नगरपालिकाको भिङग्रीमा समेत शाखा बिस्तार गरेको अस्पतालले जनाएको छ । २०६४ सालमा स्थापना भएको अस्पतालले हरेक महिनाको एक पटक विशेषज्ञ सहितको शिविर आयोजना गर्दै आएको अस्पतालका अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारीले बताए । बिहीबारको शिविरका लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवाबाट विशेषज्ञ टोली  प्यूठान आउन लागेको  अस्पतालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...