News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा विशेषज्ञ सहितको आँखा शिविर हुने

बोम बहादुर परियार२०८१ कार्तिक २६
६४६ पटक
२०८१ कार्तिक २६

प्यूठानमा जटिल प्रकारका आँखाका बिरामीका लागि आगामी बिहीबार विशेषज्ञ चिकित्सक सहितको शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारको आयोजनामा सञ्चालन हुने शिविरमा अस्पतालसँग सम्झौता गरेका स्थानीय तहका ज्येष्ठ नागरिकहरूले निःशुल्क उपचार सेवा पाउने अस्पतालका प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताइन् ।

आँखा धमिलो देखिने र मोतीबिन्दुको लक्षण भएका बिरामीहरूले बुधवार चेकजाँच गराउन सक्ने अस्पतालले जनाएको छ । जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि बिहीबार विशेषज्ञ सेवा सञ्चालन हुने ठकुरीले बताइन् । जिल्लाका ६ वटा स्थानीय तहले अस्पतालसँग सम्झौता गरेर ज्येष्ठ नागरिकको निःशुल्क आँखा उपचार गर्दै आएका छन् । नौबहिनी गाउँपालिका,गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिकाले अस्पतालसँग सम्झौता गरिसकेका छन् भने मल्लरानी गाउँपालिकासँग सम्झौता गर्ने तयारी भइरहेको प्रमुख मल्लले बताइन । वडाको सिफारिसको आधारमा मल्लरानीका ज्येष्ठ नागरिकको पनि निःशुल्क उपचार गर्ने गरिएको उनले बताइन ।

स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिकाले भने अस्पतालसँग सम्झौता गरेका छैनन् । प्यूठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलावेशी र स्वर्गद्वारी नगरपालिकाको भिङग्रीमा समेत शाखा बिस्तार गरेको अस्पतालले जनाएको छ । २०६४ सालमा स्थापना भएको अस्पतालले हरेक महिनाको एक पटक विशेषज्ञ सहितको शिविर आयोजना गर्दै आएको अस्पतालका अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारीले बताए । बिहीबारको शिविरका लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवाबाट विशेषज्ञ टोली  प्यूठान आउन लागेको  अस्पतालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...