News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

झुलेनी नेटवर्क२०८१ भाद्र २८
३४० पटक
२०८१ भाद्र २८

प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आँखाका रोगीहरूलाई लक्षित गरेर  केन्द्र स्थापना गरिएको पालिकाले जनाएको हो ।

बुधवार पालिका उपाध्यक्ष बसन्ता खड्काले औपचारिक रूपमा आँखा उपचार केन्द्रको उद्घाटन गरेकी हुन् । उनले नजिकै उपचार केन्द्र  सञ्चालन भएपछि आँखाको जाँच गराउन बेलाबेलामा जान र सुविधा उपभोग गर्न पालिकावासीलाई अनुरोध गरिन् ।  सरुमारानी –२ मा स्थापना गरिएको केन्द्रमा पालिकाका ६ वटै वडा, माण्डवी र ऐरावती गाउँपालिका तथा  अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रका आँखाको समस्या भएका बिरामी लाभान्वित हुनेछन् ।

आँखा उपचार केन्द्र सञ्चालनसँगै सरुमारानी गाउँपालिका बासीलाई दाङ तथा बिजुवार पुग्नु पर्ने बाध्यता हटेको छ । पालिकाले वर्षमा एक पटक शिविर सञ्चालन गर्दा कुर्ने न्यून आयमा नागरिकले अव सहजै सेवा लिन पाउने भएका छन् । टाढा गएर उपचार गराउन आर्थिक अवस्थाले नभ्याउने भएकाले नागरिकको स्वास्थ्य उपचारका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरेको उपाध्यक्ष खड्काको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...