News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा आँखा उपचार केन्द्र स्थापना

झुलेनी नेटवर्क२०८१ भाद्र २८
६२३ पटक
२०८१ भाद्र २८

प्युठानको सरुमारानी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आँखाका रोगीहरूलाई लक्षित गरेर  केन्द्र स्थापना गरिएको पालिकाले जनाएको हो ।

बुधवार पालिका उपाध्यक्ष बसन्ता खड्काले औपचारिक रूपमा आँखा उपचार केन्द्रको उद्घाटन गरेकी हुन् । उनले नजिकै उपचार केन्द्र  सञ्चालन भएपछि आँखाको जाँच गराउन बेलाबेलामा जान र सुविधा उपभोग गर्न पालिकावासीलाई अनुरोध गरिन् ।  सरुमारानी –२ मा स्थापना गरिएको केन्द्रमा पालिकाका ६ वटै वडा, माण्डवी र ऐरावती गाउँपालिका तथा  अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रका आँखाको समस्या भएका बिरामी लाभान्वित हुनेछन् ।

आँखा उपचार केन्द्र सञ्चालनसँगै सरुमारानी गाउँपालिका बासीलाई दाङ तथा बिजुवार पुग्नु पर्ने बाध्यता हटेको छ । पालिकाले वर्षमा एक पटक शिविर सञ्चालन गर्दा कुर्ने न्यून आयमा नागरिकले अव सहजै सेवा लिन पाउने भएका छन् । टाढा गएर उपचार गराउन आर्थिक अवस्थाले नभ्याउने भएकाले नागरिकको स्वास्थ्य उपचारका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरेको उपाध्यक्ष खड्काको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...