News Portal

रेडियो सुन्नुहोस्

आज को राशिफल : २०८१ मंसिर १ शनिवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर १
४०३ पटक
२०८१ मंसिर १

मेष
आज कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नुका साथै नयाँ मिटिङको लागि पनि उत्तम समय रहेको छ । आफूले गरेको कार्यमा उच्च अधिकारीको सहयोग मिल्ने योग रहेको छ। आजको यात्रा सफलतादायक रहनेछ भने जीवन साथीबाट उपहार मिल्नेछ।

वृष

समाजमा सम्मान बढ्ने छ। व्यापारमा लाभ हुनेछ भने सरकारी नोकरीमा रुकेका काम बन्ने योग रहेको छ । आज वाणीले गर्दा सबैलाई आफ्नो बनाउन सक्नुहुन्छ।

मिथुन

आजको दिन हत्तार गरेर कुनै निर्णय नलिनुहोला । नयाँ कामको थालनी गर्न पनि उपयुक्त नहोला । विदेशतिरबाट शुभ सूचना मिल्नेछ। आफ्नो जीवनसाथीको स्वास्थ्यमा भने विशेष ध्यान पुर्याउनु होला। कानुनी कार्यको लागि पनि आज उचित समय छैन ।

कर्कट

आजको समय उत्तम रहनेछ । सेयर मार्केट वा भवन निर्माण सम्बन्धी कामले लाभ दिने छ। यात्राको योग पनि रहेको छ। नयाँ कार्यको योजनाहरू बन्नेछन्।

सिंह

कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। आजको दिन तपाईंले अरुका लागि बुद्धि खर्च गर्नुपर्ने हुनसक्छ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ।

कन्या

आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला, मन अशान्त हुनेछ तथा कुनै कार्य गर्दा अनुमानितभन्दा धेरै समय लाग्नेछ। आजको दिन कसैलाई गलत वाचा गरेमा त्यसले अत्याधिक नकारात्मक प्रभाव पार्नेछ। आकस्मिक धनहानिका योग छन् । ठूलो निर्णय लिनुभन्दा पहिला परिवारको सल्लाह लिनुहोस्

तुला 

आज जीवन साथीद्वारा उपहार मिल्ने योग छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ भने प्रेम सम्बन्धमा माया बढ्नेछ।

वृश्चिक
आजको दिन कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ।आजको दिन कसैलाई ऋण नदिएकै उचित हुनेछ। प्रतियोगी या परीक्षार्थीहरूलाई आज अलि संघर्षपूर्ण समय छ। वाहन चलाउँदा ध्यान दिनुपर्ने हुन्छ।

धनु

आज स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। विशेषगरि पेट सम्बन्धी समस्या हुने भएकाले आफ्नो खानपानमा अलि ध्यान पुर्याउनु पर्ने हुन्छ । आर्थिक पक्ष मजबुत बनाउन कसैबाट सल्लाह मिल्ने छ। घरभन्दा बाहिर धेरै समय बित्ने योग रहेको छ। विदेशतिरबाट खासै राम्रो सुचना नआउन सक्छ।

मकर

सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। घर जग्गा किनबेचका योग छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ भने दाम्पत्य जीवन पनि सुखमय रहनेछ। चलचित्र हेर्ने , पार्टी गर्ने लगायत कार्यहरूमा साथीहरू धेरै समय बिताउने योग छ।

कुम्भ

नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनेछ। हजुरको साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। वाहनमा खर्चको योग छ यात्रा गर्नुभन्दा पहिले वाहन चेकजाँच अवश्य गर्नुहोस् ।

मीन

घर परिवारबाट सहयोग मिल्नेछ। ससुरालीपक्षबाट आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। यात्राको दौरान महत्त्वपूर्ण सूचना मिल्नेछ।

श्रोत:  हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...