News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा गाउँसभाको १६ औं अधिवेशन सुरु

झुलेनी नेटवर्क२०८१ मङ्सिर १५
५८९ पटक
२०८१ मङ्सिर १५

सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ ।

अधिवेशनमा आ.व.२०८०/०८१ को प्रारम्भिक लेखा परिक्षण प्रतिवेदन उपर छलफल गर्ने मुख्य एजेण्डा रहेको प्रवक्ता सोमैले जानकारी दिए ।

महालेखा परिक्षकको कार्यालयले गत आर्थिक वर्षमा करिव ९ करोड वढी बेरुजु देखाएको छ । गाउँपालिकामा अनुदान शिक्षकको तलव, स्वास्थ्यका कर्मचारीको तलव, हेफरसंगको साझेदारीमा भएका केही कार्यक्रममा गतवर्ष बेरुजु उल्लेख गरेको छ भने केही पुरानो वेरुजु फर्छ्यौट गर्न बाँकी रहेको सौमैले बताए ।

अधिवेशनमा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले पत्र वाचन गरी १६ ओै अधिवेशन सुरु भएको घोषणा गरेका थिए । गाउँपालिका प्रवक्ता चिन्त सोममगरै, ५ नं. वडा अध्यक्ष लक्ष्मी पल्ली, वडा नं. १ का वडा अध्यक्ष नर बहादुर जि.सी.ले गाउँसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...