News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा गाउँसभाको १६ औं अधिवेशन सुरु

झुलेनी नेटवर्क२०८१ मङ्सिर १५
५७९ पटक
२०८१ मङ्सिर १५

सरुमारानी गाउँपालिकाको दोश्रो गाउँसभाको १६ औं अधिवेशन शुक्रबार देखि सुरु भएको छ ।

अधिवेशनमा आ.व.२०८०/०८१ को प्रारम्भिक लेखा परिक्षण प्रतिवेदन उपर छलफल गर्ने मुख्य एजेण्डा रहेको प्रवक्ता सोमैले जानकारी दिए ।

महालेखा परिक्षकको कार्यालयले गत आर्थिक वर्षमा करिव ९ करोड वढी बेरुजु देखाएको छ । गाउँपालिकामा अनुदान शिक्षकको तलव, स्वास्थ्यका कर्मचारीको तलव, हेफरसंगको साझेदारीमा भएका केही कार्यक्रममा गतवर्ष बेरुजु उल्लेख गरेको छ भने केही पुरानो वेरुजु फर्छ्यौट गर्न बाँकी रहेको सौमैले बताए ।

अधिवेशनमा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले पत्र वाचन गरी १६ ओै अधिवेशन सुरु भएको घोषणा गरेका थिए । गाउँपालिका प्रवक्ता चिन्त सोममगरै, ५ नं. वडा अध्यक्ष लक्ष्मी पल्ली, वडा नं. १ का वडा अध्यक्ष नर बहादुर जि.सी.ले गाउँसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...