News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न

झुलेनी नेटवर्क२०८१ मङ्सिर १६
७४१ पटक
२०८१ मङ्सिर १६

प्रेस चौतारी नेपाल प्यूठानले आईतबार पत्रकार भेटघाट गरेको छ । नेकपा एमाले प्यूठानले गरेका जिल्लाका पछिल्ला गतिबिधीहरुको विषयमा जानकारी दिन चौतारीले पत्रकार भेटघाट आयोजना गरेको हो।

नेकपा एमालेको अहिले जिल्लाभर पालिका र बडा कमिटिहरुको अधिवेसन चलिरहेको अवसरमा चौतारीले पाटिका गतिविधी बारे जानकारी गराएको हो ।
सम्मेलनका प्रमुख अतिथी नेकपा एमालेका पोलिटव्यूरो सदस्य, प्यूठान जिल्ला इन्चार्ज तथा प्रतिनिधी सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले जिल्लाको विकासले गति लिएको बताए। १० दिनदेखि जिल्लामा रहेका थापाले ५० भन्दा बढि कार्यक्रममा सहभागी भएको र २५ सय नेता कार्यकर्तासंग भेटघाट गरेको जानकारी दिए।

सांसद थापाले पत्रकारहरुसंग जिल्लाको विकास निर्माणमा भईरहेका कामबारे जानकारी दिदै गर्जेनी पहिरोको लागी झन्डै ८ करोड बजेट र सडक निर्माणको लागी झन्डै १२ करोड व्यवस्था मिलाएको बताए । बाहाने स्याउलिबाङ सडक , बाङ्गेफेदि मच्छी सडक, बाग्दुला भिमगिठे सडकको काम अगाडि बढेको र जिल्लाका कयौ अलपत्र परेका योजनाहरुलाइ छिटै सम्पन्न गर्न ठेकेदारलाई आवश्यक समन्वय र निर्देशन भएको बताए। त्यस्तै वृहत खानेपानी आयोजनाको स्रोत सुनिस्चित गरेर ठेक्का लगाउने बताए । जिल्लामा निर्माण गरेर सञ्चालनमा नआएका नेपाल टेलिकमका टावर छिटै सुचारु आवश्यक समन्वय भईरहेको सांसद थापाले बताए।

यहि अवधिमै सांसद थापाले अर्खा र रजवारा जोड्ने ३ सय ७२ मिटर लामो र २ सय ३० मिटर आग्लो प्यूठानको सवैभन्दा ठुलो झोलुङगे पुलको सिलन्यास गरेका छन् । त्यस्तै, पूर्ण विध्युतिकरणका लागि जिल्लामा युद्घ स्तरमा काम भईरहेको थापाले बताए।

सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी संसदिय छानविन विशेष समितिको प्रसंगमा उक्त समितिको सभापति भएका थापाले प्रतिवेदन कार्यन्वयनकै क्रममा अहिलेपनि हरेक दिनजसो सहकारी ठगिको विषयका चर्चा आउने गरेको बताए।

कार्यक्रममा बोल्दै नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले मंसिर ८ गतेदेखी सुरु गरिएको अधिवेसन जिल्लामा ७ वटा पालिका र ५२ वटा वडामा सम्पन्न भएको, २ वटा पालिका र १३ वटा वडाहरुमा अधिवेशन गर्न वाकि रहेको बताए । मंसिर मसान्त सम्म सवै पालिकाहरुमा अधिवेसन सम्पन्न हुने विष्टले बताए । प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...