News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासङ्घको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

शशिधर भण्डारी२०८१ पौष ४
४७८ पटक
२०८१ पौष ४

नेपाल पत्रकार महासङ्घ, प्यूठानका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बिच पदभार ग्रहणसँगै नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हालेको हो ।

मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई महासङ्घ प्यूठान शाखाका पूर्व अध्यक्षहरू गिरु प्रसाद भण्डारी, सुशील पोख्रेल र निवर्तमान अध्यक्ष सञ्जय रिजालले बधाई ज्ञापन गरेका थिए । पदभार ग्रहणका क्रममा निवर्तमान कार्यसमितिका पदाधिकारीहरूले आफूसँग रहेका जिम्मेवारी र सामाग्रीहरू नवनिर्वाचित पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै महासङ्घ, प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पत्रकार महासङ्घको गरिमा बढाउने गरी काम गर्न आग्रह गरे । महासङ्घ साझा बनाउँदा र चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्दा फरक पर्ने हुँदा साझा नेतृत्वले साझा मुद्धाहरुलाई उठाउँदै मिडिया र श्रमजीवीहरूको पक्षमा काम गर्न सुझाव दिए ।

पूर्व अध्यक्ष सुशील पोख्रेलले मिडिया व्यवस्थापनको लागि पत्रकार महासङ्घले आवश्यक समन्वय गर्नेमा विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष श्रीराम भण्डारीले सबैको समन्वय र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...