News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासङ्घको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

शशिधर भण्डारी२०८१ पौष ४
३३० पटक
२०८१ पौष ४

नेपाल पत्रकार महासङ्घ, प्यूठानका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बिच पदभार ग्रहणसँगै नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी सम्हालेको हो ।

मङ्सिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई महासङ्घ प्यूठान शाखाका पूर्व अध्यक्षहरू गिरु प्रसाद भण्डारी, सुशील पोख्रेल र निवर्तमान अध्यक्ष सञ्जय रिजालले बधाई ज्ञापन गरेका थिए । पदभार ग्रहणका क्रममा निवर्तमान कार्यसमितिका पदाधिकारीहरूले आफूसँग रहेका जिम्मेवारी र सामाग्रीहरू नवनिर्वाचित पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै महासङ्घ, प्यूठानका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पत्रकार महासङ्घको गरिमा बढाउने गरी काम गर्न आग्रह गरे । महासङ्घ साझा बनाउँदा र चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्दा फरक पर्ने हुँदा साझा नेतृत्वले साझा मुद्धाहरुलाई उठाउँदै मिडिया र श्रमजीवीहरूको पक्षमा काम गर्न सुझाव दिए ।

पूर्व अध्यक्ष सुशील पोख्रेलले मिडिया व्यवस्थापनको लागि पत्रकार महासङ्घले आवश्यक समन्वय गर्नेमा विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष श्रीराम भण्डारीले सबैको समन्वय र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...