प्यूठानमा तमू ल्होसार मनाईएको छ ।
सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा प्रतिनिधी सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद थापाले ल्होसारको शुभकामना ब्यक्त गरे ।
गुरूङ राष्ट्रिय परिषद सरूमारानी ईकाइ समितिका अध्यक्ष दण्ड बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेस सभाका माननीय तुल्सीराम शर्मा र सरूमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
गुरुङहरुको बसोबास रहेको सरुमारानिको दर्भान, प्युठान नगरपालिकाको माझकोट,ऐरावतीको सिर्सेनि,गौमुखी लगायतका ठाउँहरुमा विभिन्न कार्यक्रम गरि ल्होसार मनाएका छन् ।