News Portal

रेडियो सुन्नुहोस्

एकल जीवनयापन गरिरहेका महिलालाई झिमरुक गाउँपालिकाले भत्ता दिने

झुलेनी नेटवर्क२०८१ माघ १
८४० पटक
२०८१ माघ १

झिमरुक गाउँपालिकाले एकल जीवनयापन गरिरहेका महिलालाई  भत्ता दिने भएको छ । सङ्घीय सरकारको एकल महिला सामाजिक सुरक्षाको सुविधा नपाएका तर, जीविकोपार्जनमा असहजता भएका महिलालाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।

सङ्घीय सरकारले श्रीमानको मृत्यु भएका सबै उमेरका महिला र ६० वर्ष उमेर पुगेका अविवाहित महिलालाई एकल महिला भत्ता दिँदै आएको छ । झिमरुक गाउँपालिकाले १२ वर्षदेखि श्रीमान् बेपत्ता भई एक्लै बसेका र ४५ वर्ष उमेर पुगेका महिला, श्रीमानसँग सम्बन्ध विच्छेद गरी एकल जीवनयापन गरिरहेका र राज्यबाट सेवा सुविधा पाउने गरी आम्दानीको श्रोत नभएका ४५ वर्ष उमेर पुगेका महिला र ४५ वर्षको उमेर पुगेका तर, अविवाहित रहेका महिलालाई भत्ता वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष महतराले बताए ।

सङ्घीय सरकार अन्तरगतका सामाजिक सुरक्षाका कार्यक्रममा समावेश नभएका र कार्यविधिभित्र पर्ने एकल जीवनयापन गरिरहेका महिलालाई भत्ता दिने गरी कार्यक्रम कार्यान्वयन थालिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले बताए । थापाका अनुसार मासिक १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराइने छ । भत्ताका साथै सीपमूलक तालिम र  स्वरोजगार मूलक कार्यक्रममार्फत एकल जीवनयापन गरिरहेका महिलालाई आयआर्जनमा जोडने विकल्पबारे छलफल भइरहेको थापाले बताए । पुष मसान्तसम्म ४५ वर्ष उमेर पुगेका महिला यो कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

गाउँपालिकाले भत्ता दिने निर्णय गरेपछि आर्थिक अभावमा जीवनयापन असहज भएका लक्षित समूहका महिला लाभान्वित हुने भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...