News Portal

रेडियो सुन्नुहोस्

एकल जीवनयापन गरिरहेका महिलालाई झिमरुक गाउँपालिकाले भत्ता दिने

झुलेनी नेटवर्क२०८१ माघ १
५८८ पटक
२०८१ माघ १

झिमरुक गाउँपालिकाले एकल जीवनयापन गरिरहेका महिलालाई  भत्ता दिने भएको छ । सङ्घीय सरकारको एकल महिला सामाजिक सुरक्षाको सुविधा नपाएका तर, जीविकोपार्जनमा असहजता भएका महिलालाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।

सङ्घीय सरकारले श्रीमानको मृत्यु भएका सबै उमेरका महिला र ६० वर्ष उमेर पुगेका अविवाहित महिलालाई एकल महिला भत्ता दिँदै आएको छ । झिमरुक गाउँपालिकाले १२ वर्षदेखि श्रीमान् बेपत्ता भई एक्लै बसेका र ४५ वर्ष उमेर पुगेका महिला, श्रीमानसँग सम्बन्ध विच्छेद गरी एकल जीवनयापन गरिरहेका र राज्यबाट सेवा सुविधा पाउने गरी आम्दानीको श्रोत नभएका ४५ वर्ष उमेर पुगेका महिला र ४५ वर्षको उमेर पुगेका तर, अविवाहित रहेका महिलालाई भत्ता वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष महतराले बताए ।

सङ्घीय सरकार अन्तरगतका सामाजिक सुरक्षाका कार्यक्रममा समावेश नभएका र कार्यविधिभित्र पर्ने एकल जीवनयापन गरिरहेका महिलालाई भत्ता दिने गरी कार्यक्रम कार्यान्वयन थालिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले बताए । थापाका अनुसार मासिक १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराइने छ । भत्ताका साथै सीपमूलक तालिम र  स्वरोजगार मूलक कार्यक्रममार्फत एकल जीवनयापन गरिरहेका महिलालाई आयआर्जनमा जोडने विकल्पबारे छलफल भइरहेको थापाले बताए । पुष मसान्तसम्म ४५ वर्ष उमेर पुगेका महिला यो कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

गाउँपालिकाले भत्ता दिने निर्णय गरेपछि आर्थिक अभावमा जीवनयापन असहज भएका लक्षित समूहका महिला लाभान्वित हुने भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...