News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा स्मृति पार्कमा कार्यक्रम गरी सहिद दिवस मनाइयो

झुलेनी नेटवर्क२०८१ माघ १६
८४४ पटक
२०८१ माघ १६

सहिद स्मृति पार्कमा सहिदको सम्मानमा कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्यूठान नगरपालिका वडा नं. ७ गाजुरीमा रहेको सहिद स्मृति पार्क व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले राणा शासनको विरुद्धको आन्दोलनमा मृत्युदण्ड दिइएका चार सहिद सँगै देशभरबाट बलिदानी दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको त्याग र बलिदानप्रति सबैले सम्मान गर्नुपर्ने बताए ।

सहिद स्मृति पार्कले सहिदको सम्मान, सम्झना र पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै आत्मनिर्भरतातर्फ अगाडि बढ्ने बताए । पार्कलाई मित्रमणि आचार्य, टङ्कप्रसाद आचार्य, कृष्ण सेन इच्छुक, उमेशचन्द्र थापा लगायत जिल्ला र देशभरबाट बलिदानी दिने सहिदहरूलाई सम्झन र सम्मान गर्न उचित स्थलको रूपमा विकास गर्न अगाडि बढ्नुपर्ने थापाको भनाई थियो ।

प्रदेशसभा सदस्य तुलसीराम शर्माले राजनीतिक हिसाबले सहिदको बलिदानी को जगमा भएको परिवर्तन संस्थागत गरेर जाने कुरामा एकताबद्ध हुनुपर्ने बताए ।

प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले सहिद स्मृति पार्कको पूर्वाधार निर्माणका लागि सबैसँग सहकार्य गर्ने बताए ।

कार्यक्रमका अध्यक्ष ज्ञामुराम न्यौपानेले सहिदहरूले व्यक्तिगत आकाङ्क्षा सोच्दै नसोची देश र व्यवस्थाका निम्ति आफ्नो बलिदानी दिने सहितको कर्मबाट त्याग र समर्पणको पाठ सिक्नुपर्ने बताए ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...