News Portal

रेडियो सुन्नुहोस्

धर्मावती मा.वि.ले मनायो ७०औँ स्थापना दिवस

झुलेनी नेटवर्क२०८१ माघ १७
५६५ पटक
२०८१ माघ १७

प्यूठान नगरपालिका ६ लम्छ्याङमा रहेको धर्मावती मावि ले ७० औँ स्थापना दिवस मनाएको छ । २०११ सालमा स्थापना भएको विद्यालयको स्थापना दिवसमा विविध कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पुनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्यूठान नगरपालिकाका उप प्रमुख देवेन्द्र वर्माले विद्यालय ले राम्रो प्रगति गरेको बताएका छन् । विद्यालयमा खड्किएका आवश्यकताका विषयमा आफू गम्भीर रहेको  र तत्काल समस्या समाधान तर्फ लाग्ने वर्माले बताए । 

वार्षिकोत्सव समारोहमा विद्यालयमा सत–प्रतिशत विद्यार्थी पास गराउने शिक्षक शिक्षिकालाई सम्मान तथा पुरस्कृत गरिएको छ । कक्षा ५, कक्षा ८ र एसइई मा सत–प्रतिशत विद्यार्थी पास गराउने विषयगत शिक्षकहरूलाई सम्मान गरिएको प्रधानाध्यापक पुष्पलाल पुनले बताए । 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...