News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा पहिलो पटक ११औँ तहका चिकित्सकको स्वागत

झुलेनी नेटवर्क२०८१ माघ १७
७२४ पटक
२०८१ माघ १७

प्यूठान अस्पतालमा पहिलो पटक ११ औँ तहका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका छन् । बिहिवार एक कार्यक्रमका बिच हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. ओम प्रसाद अर्याललाई स्वागत गरिएको छ ।

प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टको अध्यक्षतामा भएको स्वागत तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले डा. अर्याललाई स्वागत गर्दै यसअघि निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

प्यूठान अस्पतालमा भएको स्वागत तथा बिदाइ समारोहमा अध्यक्ष, प्रमुख अतिथि, जनप्रतिनिधि, अस्पतालका कर्मचारी, पत्रकार लगायतले स्वागत तथा बिदाइ गरेका थिए ।

अस्पतालमा आएका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. ओम प्रसाद अर्यालले अस्पतालको सेवा प्रवाहलाई चुस्त बनाउन आफू लागिपर्ने र त्यसका लागि जिल्लाको सबै क्षेत्रको सहयोग महत्त्वपूर्ण हुने बताए ।

बिदाइ भएका डा. पौडेलले आफू जहाँ भए पनि प्यूठान जिल्लावासीको उपचारमा सहयोग गर्ने बताए । २ वर्षदेखि प्यूठान अस्पतालमा रहेका पौडेलको पाल्पा अस्पतालमा सरुवा भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...