News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा पहिलो पटक ११औँ तहका चिकित्सकको स्वागत

झुलेनी नेटवर्क२०८१ माघ १७
४१५ पटक
२०८१ माघ १७

प्यूठान अस्पतालमा पहिलो पटक ११ औँ तहका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका छन् । बिहिवार एक कार्यक्रमका बिच हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. ओम प्रसाद अर्याललाई स्वागत गरिएको छ ।

प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय बिराज विष्टको अध्यक्षतामा भएको स्वागत तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले डा. अर्याललाई स्वागत गर्दै यसअघि निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. राजेन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

प्यूठान अस्पतालमा भएको स्वागत तथा बिदाइ समारोहमा अध्यक्ष, प्रमुख अतिथि, जनप्रतिनिधि, अस्पतालका कर्मचारी, पत्रकार लगायतले स्वागत तथा बिदाइ गरेका थिए ।

अस्पतालमा आएका नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. ओम प्रसाद अर्यालले अस्पतालको सेवा प्रवाहलाई चुस्त बनाउन आफू लागिपर्ने र त्यसका लागि जिल्लाको सबै क्षेत्रको सहयोग महत्त्वपूर्ण हुने बताए ।

बिदाइ भएका डा. पौडेलले आफू जहाँ भए पनि प्यूठान जिल्लावासीको उपचारमा सहयोग गर्ने बताए । २ वर्षदेखि प्यूठान अस्पतालमा रहेका पौडेलको पाल्पा अस्पतालमा सरुवा भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...