News Portal

रेडियो सुन्नुहोस्

कांग्रेसको महामन्त्री बन्दै गगन थापा, यसकारण हेर्नुहोस्

सिखबर संवाददातापाैष १७ काठमाडौँ
१२६७ पटक
पाैष १७ काठमाडौँ

१३ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला दोस्रो चरणमा शेरबहादुर देउवातिर ढल्किएपछि देउवाको पक्षमा सभापतिको पासा पल्टिएको थियो । सभापतिमा उम्मेदवारी दर्ता गरेका सिटौलाले दोस्रो चरणसम्म पुगेको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए ।

सिटौलाको सहयोगले रामचन्द्र पौडेल हारको कारण बन्दा देउवाले पहिलोपटक कांग्रेसमा कोइराला परिवारको विरासतलाई पल्ट्याए । त्यसपछि पनि पटक–पटक गरी सिटौलाले शेरबहादुर देउवासँग भातृसंगठन नेविसंघ, महिला संघ र तरुण दलमा बार्गेनिङ गरेर पदाधिकारी नै हात पारे । एकपछि अर्को गर्दै सिटौलाले भागबण्डामा शक्ति मात्र हत्याएनन् संस्थागत पकड पनि बढाउँदै लगे ।

महाधिवेशन नआउँदै फेरि सक्रिय

अब महाधिवेशन आगामी २ वर्ष ६ महिना पछि हुँदा पनि काँग्रेसमा सिटौलाले झन् बढी बार्गेनिङ गर्ने देखिएको छ । किनकी १४ औं महाधिवेशनमा पनि सिटौला नै निर्णायक भूमिका निर्वाह गर्न सक्ने नेतामा देखिएका छन् । सिटौलासँग युवा नेताहरू गगन थापा र प्रदीप पौडेल अबको महाधिवेशनमा सबै भन्दा लोकप्रिय नेता बन्ने छन् ।

किनकी काँग्रेस वृत्त र बाहिर पनि यी नेता लोकप्रिय छन् । गगनले अघिल्लो पटकको महाधिवेशनमा महामन्त्रीमा ५ सय आसपासमा मत ल्याएर शशांक कोइरालासँग मात्रै होइन आफ्नो ससुरा अर्जुन नरसिंह केसीसँग पनि टक्कर गरेका थिए ।

यो पटक सिटौला झन् बलियो देखिएका छन् । सिटौला पक्ष अहिले देउवा र पौडेल दुवैको समदुरीमा छ । अर्थात् कतै पनि खुलेको छैन । यस्तोमा गगन र प्रदीप सँगै हुँदा देउवा र रामचन्द्र पौडेल वा यो गुटबाट जो नेता उम्मेदवार बने पनि सिटौलाले गगनलाई महामन्त्री बनाउँन बार्गेनिङ गर्ने पक्का छ । किनकी १३ औं महाधिवेशनमा जस्तो तेस्रो पक्षका रुपमा गगनलाई उठाएर अब भने हार्न नहुने सोच यो पक्षको छ ।

हार्ने गरी होइन जसरी हुन्छ जित्ने गरी गगनलाई महामन्त्री बनाउँने सोच यो पक्षको छ । विधानले दुई महामन्त्रीको व्यवस्था गर्दै दुवै निर्वाचित गर्ने प्रबन्ध गरेपछि पनि एउटा पक्षबाट गगनलाई महामन्त्रीमा जित्न गाह्रो पर्ने पनि देखिंदैन ।

फेरि पनि दुवै गुटलाई सिटौलाको साथ खाँचो रहेको प्रष्टै देखिन्छ । यो पक्षमा गगन थापा मात्रै लोकप्रिय छैनन् । युवा नेता प्रदीप पौडेल पौडेलले पनि केन्द्रीय सदस्यमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।

यत्ति मात्र होइन सिटौलासँग उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधानसहितका केन्द्रीय सदस्य र प्रभावशाली नेता साथ छ । यी सबैलाई देखाएर गगनलाई महामन्त्री बनाउन र आफू पनि कुनै ठूलो पदमा निर्वाचित हुने दाउमा सिटौला छन् । निर्णायक पोजिसनमा हुँदा जुन गुटले राम्रो अफर गर्छन् त्यतै बार्गेनिङ गर्ने दाउमा सिटौला रहेको देखिन्छ ।

सुरु गरिसके अभियान

महाधिवेशन आउँन दुई वर्षभन्दा बढी बाँकी नहुँदैदेखि सिटौला पक्ष थप सक्रिय हुन थालेको छ । केही दिन अघि सभापतिसहित नेता पौडेल र पदाधिकारीहरुले सम्पादक, पत्रकारहरुसँग भेट गर्ने तय भएपछि सिटौलाले एक कदम अघि बढेर आफूले पहिले पत्रकारसँग बैठक नै गरे । अब कसरी जाने भनेर उनले पत्रकारसँग सुझावमात्रै लिएनन् । आफू अब सक्रिय हुँदै जाने संकेत पनि दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...