News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी संघको अधिवेशन सम्पन्न

बोम बहादुर परियार२०८१ फागुन २४
८८० पटक
२०८१ फागुन २४

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको १३ औ साधारण सभा तथा छैटौं जिल्ला अधिवेसन सम्पन्न भएको छ ।
सनिवार जुम्रीमा भएको अधिवेसनमा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य सुर्य थापाले होटल व्यवसाय जिवनको अभिन्न अंगको रुपमा विकास भएको बताए । साथै थापाले जिल्लाको स्वर्गद्धारीलाइ केन्द्रित गरि होटल स्थापना गरे पर्यटनको ठुलो सम्भावना रहेको बताए ।

कार्यक्रममा बोल्दै विषेश अतिथि होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेस कुमार जुकेले नेपालमा १० लाख भन्दा बढि होटलहरु रहेको बताएका छन । उनले होटल व्यवसायीहरुलाइ पर्यटनमा टेवा पुग्ने गरि संस्कार सहितको व्यवसाय संचालन गर्न आग्रह गरेका छन ।

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानका अध्यक्ष जुद्द बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव लिलाधर न्यौपानेले गरेका थिए ।

संघको नेतृत्वमा सहमती हुन नसकेपछि चुनाव गरिएको छ । अध्यक्षको लागी लिलाधर न्यौपाने र बसन्त भण्डारीले प्रतिष्पर्धा गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...