News Portal

रेडियो सुन्नुहोस्

आगलागी नियन्त्रण सम्बन्धि प्रतिकार्य अभ्यास सम्पन्न

झुलेनी नेटवर्क२०८१ चैत्र ४
६९६ पटक
२०८१ चैत्र ४

हावाहुरी र खडेरी परिरहेको बेला वन डढेलो तथा आगलागीका घटनाहरु बढ्न थालेका छन्। खासगरी फाल्गुनदेखि जेठसम्म आगलागीका घटनाहरु अत्यधिक मात्रामा घट्ने गर्दछन् । यो समयमा घटन सक्ने आगलागीका घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यले वन डढेलो तथा आगलागी नियन्त्रण प्रतिकार्य” सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला सुरक्षा समितिद्वारा तयार गरिएको “आगलागी जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि प्रतिकार्य कार्ययोजना २०८१” बमोजिम सोमबार प्यूठान नगरपालिका वडा नं. ७ स्थित टिकुरीमा आगलागी लागेमा गर्न सकिने नियन्त्रण प्रक्रियाको बारेमा नमुना प्रर्दशन गरिएको थियो । यो अभ्यासले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा, आगलागी न्यूनीकरण, सचेतना अभिवृद्धि, उपकरणको प्रयोग र आपतकालीन व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमका सहभागीहरुले वन डडेलो तथा आगलागी नियन्त्रणका लागि सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला सुरक्षा समिति प्यूठानको आयोजनामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाको सहयोग तथा सहकार्यमा गरेको थियो।

प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी), जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्र.ना.उ. दिपेश बस्याल, अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षाकर्मी पत्रकार, नागरीक समाज, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...