News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ४ हजार ९ सय ४० जनाले एसइई परीक्षा दिँदै

झुलेनी नेटवर्क२०८१ चैत्र ६
१६५३ पटक
२०८१ चैत्र ६

चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा(एसइई) बिहीबारदेखि सुरु हुँदै छ । परीक्षाका लागि उत्तर पुस्तिकाहरू सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको छ ।प्रश्न पत्र नजिकको प्रहरी कार्यालयमा पठाइएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ ।

जिल्लाभरमा १७ वटा परीक्षा केन्द्रबाट ८५ विद्यालयका २ हजार ८ सय २६ छात्रा र २ हजार १ सय १४ छात्र गरी ४ हजार ९ सय ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । परीक्षालाई व्यवस्थित रूपमा सञ्चालनका लागि आइतबार केन्द्राध्यक्षको नियुक्ति र अभिमुखीकरण गरिएको इकाईका सूचना अधिकारी महेन्द्र कुमार कुर्मीले बताए ।

गौमुखी मा.वि. ठुलावेशीमा ५ विद्यालयका ३ सय ७१, प्रभात मा.वि. आहाल खोलामा ५ विद्यालयका २ सय ६०, वाल शिक्षा मा.वि. मच्छिमा ६ विद्यालयका २ सय १८, लक्ष्मी मा.वि. वाङ्गेमरोठमा ५ विद्यालयका १ सय ७३, गङ्गा मा.वि. बाहानेको(क) केन्द्रमा ५ विद्यालयका २ सय ५९ र (ख) केन्द्रमा ४ विद्यालयका २ सय ६, जनता मा.वि. बाग्दुलामा ४ विद्यालयका ३ सय २, कालिका आवासीय मा.वि.टारीमा ३ विद्यालयका ३ सय ६७, मुक्ति मा.वि. रातामाटामा ८ विद्यालयका ३ सय ६९ विद्यार्थी सहभागी हुदैछन् ।

त्यस्तै पब्लिक ईङलिस बोर्डिङ स्कुल दाखाक्वाडीमा ३ साधारण सहित ८ विद्यालयका प्राविधिक धार समेत ३ सय ५ , जनता मा.वि. बड्डाडाँमा ७ विद्यालयका ३ सय ६५, माण्डवी मा.वि.नयाँगाउमा ५ विद्यालयका ३ सय १५, विद्यानन्द मा.वि. जुडापाटामा ५ विद्यालयका २ सय ५३ , अमर मा.वि. भिङग्रीमा ८ विद्यालयका ३ सय ७९ , मोती मा.वि. बरौलामा ५ विद्यालयका ३ सय २५, भानुभक्त मा.वि. वर्वोटमा ४ विद्यालयका २ सय १ र महेन्द्र मा.वि. खलङ्गा केन्द्रमा ३ विद्यालयका १ सय ६६ विद्यार्थी परीक्षामा सहभागी हुने इकाईले जानकारी दिएको छ ।

गत वर्ष जिल्लाको एसइई नतिजा खस्किएपछि जिल्लाका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । शैक्षिक सत्र २०८० मा सञ्चालित एसइई परीक्षामा ३ हजार ९ सय ५० विद्यार्थी सहभागी भएकोमा ४ सय ८५ जना १२ प्रतिशत विद्यार्थी उतृर्ण भएका थिए । ८० वटा विद्यालय मध्य १७ विद्यालयका नतिजा शून्य रहेको थियो । एसइईको नतिजा बिग्रिएसँगै जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले शैक्षिक सुधारका लागि यस वर्ष विभिन्न कार्यक्रमहरू गरेका छन् । विद्यालयहरूले अतिरिक्त कक्षा र आवासीय कक्षाहरू सञ्चालन गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...