News Portal

रेडियो सुन्नुहोस्

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

झुलेनी नेटवर्क२०८२ बैशाख १
४६२ पटक
२०८२ बैशाख १

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ । नयाँ वर्षको अवसर पारेर धेरै जना घुम्न निस्केका छन् । धेरैका घरमा नयाँ परिकार पाकेका छन् । पाक्दै छन् । नयाँ कपडा किनेका छन् । सामाजिक सञ्जालहरू शुभकामनाले रङ्गिएका छन् ।

५६ बि सी बाट भारतका राजा विक्रम आदित्यले विक्रम संवत् सुरु गरेका हुन । नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरु भयो । त्यसभन्दा पहिले नेपालमा शंक स‌ंवत् प्रयोग हुन्थ्यो । शंक संवत् १२३ देखि आधिकारिक प्रयोगबाट हटाइपछि १९५८औँ सालमा नेपालको आधिकारिक पात्रो बन्यो । राजा विक्रम आदित्यले चलाएको संवत् आज वैशाख १ गतेका दिन २०८२ औँ वर्षको बुढो भएको छ । यसलाई हामी नयाँ वर्षको रूपमा मनाउँदै छौँ। विक्रम संवत् सँगै धेरै जनाले आफ्नो उमेर गन्दागन्दै औसत आयु पार गरी जीवनको अन्त भयो । आजको दिन कतिको लागि पहिलो नयाँ वर्ष होला । कतिको लागि शताब्दी पुरुषको रूपमा नयाँ वर्ष ।

आज धेरै नेपालीले घरघरमा नयाँ तिथि मितिको पात्रो भित्र्याएका छन् । नयाँ वर्षमा बितेको वर्षको समीक्षा गर्दै आउँदा दिनलाई अपेक्षाकृत सफल तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नयाँ  योजना बनाउने दिनको रूपमा लिनुपर्छ । नयाँ वर्षको दिन नयाँ कामको थालनी गर्ने । नयाँ अठोट गर्ने । वर्षभर कार्यान्वयन गरेर चैत्र मसान्तमा समीक्षा गर्नु पर्छ । यसो गरे व्यक्ति, संस्था वा सरकारले नयाँ वर्ष मनाएको उपलब्धि हुन्छ ।

बिदा भएको २०८१ र प्रारम्भ भएको २०८२ बिचको फरक पनि स्वयंको प्रतिबद्धता र सुधारसँग जोड्नु पर्छ । त्यसैले नयाँ वर्षको आगमन व्यक्ति, संस्था वा सरकार स्वयं उत्प्रेरित र उद्देश्य उन्मुख बनाउने कुरामा जोड्नुपर्छ । क्यालेन्डरको पाना पल्टाउने प्राविधिक विषयमा मात्रै सीमित गर्नु हुँदैन । सबै सबैमा २०८२ का हरेक दिन आफ्नो प्रतिबद्धता पछ्याउने, अघिल्लो वर्षको  कमजोरी सुधार गर्ने प्रेरणा मिलोस नयाँ वर्ष २०८२ को शुभकामना !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...