News Portal

रेडियो सुन्नुहोस्

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

झुलेनी नेटवर्क२०८२ बैशाख १
७५५ पटक
२०८२ बैशाख १

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ । नयाँ वर्षको अवसर पारेर धेरै जना घुम्न निस्केका छन् । धेरैका घरमा नयाँ परिकार पाकेका छन् । पाक्दै छन् । नयाँ कपडा किनेका छन् । सामाजिक सञ्जालहरू शुभकामनाले रङ्गिएका छन् ।

५६ बि सी बाट भारतका राजा विक्रम आदित्यले विक्रम संवत् सुरु गरेका हुन । नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरु भयो । त्यसभन्दा पहिले नेपालमा शंक स‌ंवत् प्रयोग हुन्थ्यो । शंक संवत् १२३ देखि आधिकारिक प्रयोगबाट हटाइपछि १९५८औँ सालमा नेपालको आधिकारिक पात्रो बन्यो । राजा विक्रम आदित्यले चलाएको संवत् आज वैशाख १ गतेका दिन २०८२ औँ वर्षको बुढो भएको छ । यसलाई हामी नयाँ वर्षको रूपमा मनाउँदै छौँ। विक्रम संवत् सँगै धेरै जनाले आफ्नो उमेर गन्दागन्दै औसत आयु पार गरी जीवनको अन्त भयो । आजको दिन कतिको लागि पहिलो नयाँ वर्ष होला । कतिको लागि शताब्दी पुरुषको रूपमा नयाँ वर्ष ।

आज धेरै नेपालीले घरघरमा नयाँ तिथि मितिको पात्रो भित्र्याएका छन् । नयाँ वर्षमा बितेको वर्षको समीक्षा गर्दै आउँदा दिनलाई अपेक्षाकृत सफल तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नयाँ  योजना बनाउने दिनको रूपमा लिनुपर्छ । नयाँ वर्षको दिन नयाँ कामको थालनी गर्ने । नयाँ अठोट गर्ने । वर्षभर कार्यान्वयन गरेर चैत्र मसान्तमा समीक्षा गर्नु पर्छ । यसो गरे व्यक्ति, संस्था वा सरकारले नयाँ वर्ष मनाएको उपलब्धि हुन्छ ।

बिदा भएको २०८१ र प्रारम्भ भएको २०८२ बिचको फरक पनि स्वयंको प्रतिबद्धता र सुधारसँग जोड्नु पर्छ । त्यसैले नयाँ वर्षको आगमन व्यक्ति, संस्था वा सरकार स्वयं उत्प्रेरित र उद्देश्य उन्मुख बनाउने कुरामा जोड्नुपर्छ । क्यालेन्डरको पाना पल्टाउने प्राविधिक विषयमा मात्रै सीमित गर्नु हुँदैन । सबै सबैमा २०८२ का हरेक दिन आफ्नो प्रतिबद्धता पछ्याउने, अघिल्लो वर्षको  कमजोरी सुधार गर्ने प्रेरणा मिलोस नयाँ वर्ष २०८२ को शुभकामना !

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...