News Portal

रेडियो सुन्नुहोस्

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

झुलेनी नेटवर्क२०८२ वैशाख २
७१६ पटक
२०८२ वैशाख २

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन गरिरहेका छन् । सरकारी विद्यालयका कर्मचारी र शिक्षकहरू १४ दिनदेखि आन्दोलनमा हुँदा निजी विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको हो ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा चैत्र २० गतेदेखि देशभरका शिक्षकहरू आन्दोलनरत छन् । तत्काल शिक्षा ऐन जारी हुनुपर्ने शिक्षकहरूको माग छ । सरकारले वार्तामा बोलाउँदा समेत शिक्षकहरू वार्ता बस्न मानेका छैनन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य भइसकेको छ । यो अवस्थामा उनीहरूको माग पुरा गर्न अध्यादेश, विशेष अधिवेशन वा छिटै वर्षे अधिवेशन बोलाउनुपर्ने हुन्छ ।

आन्दोलन थप चर्काउने गरी शिक्षक महासङ्घले सबै शिक्षकलाई आन्दोलन र हडतालमा सहभागी हुन आह्वान गरेको छ । यस कारण नयाँ वर्षसँगै सुरु हुने भर्ना अभियान प्रभावित बनेको छ । तत्काल शिक्षकको आन्दोलन नरोकिए ११ गतेदेखि सुरु हुने १२ कक्षाको परीक्षा समेत प्रभावित हुने देखिन्छ । हडतालका कारण एसइई का उत्तर पुस्तिका जाँच पनि प्रभावित वनेको छ ।

निजी विद्यालयले धमाधम भर्ना र पठनपाठन सुरु गर्दा सरकारी विद्यालय सुनसान छन् । यसले सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटन सक्ने सम्भावना बढाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...