News Portal

रेडियो सुन्नुहोस्

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

झुलेनी नेटवर्क२०८२ वैशाख २
९०७ पटक
२०८२ वैशाख २

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन गरिरहेका छन् । सरकारी विद्यालयका कर्मचारी र शिक्षकहरू १४ दिनदेखि आन्दोलनमा हुँदा निजी विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको हो ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा चैत्र २० गतेदेखि देशभरका शिक्षकहरू आन्दोलनरत छन् । तत्काल शिक्षा ऐन जारी हुनुपर्ने शिक्षकहरूको माग छ । सरकारले वार्तामा बोलाउँदा समेत शिक्षकहरू वार्ता बस्न मानेका छैनन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य भइसकेको छ । यो अवस्थामा उनीहरूको माग पुरा गर्न अध्यादेश, विशेष अधिवेशन वा छिटै वर्षे अधिवेशन बोलाउनुपर्ने हुन्छ ।

आन्दोलन थप चर्काउने गरी शिक्षक महासङ्घले सबै शिक्षकलाई आन्दोलन र हडतालमा सहभागी हुन आह्वान गरेको छ । यस कारण नयाँ वर्षसँगै सुरु हुने भर्ना अभियान प्रभावित बनेको छ । तत्काल शिक्षकको आन्दोलन नरोकिए ११ गतेदेखि सुरु हुने १२ कक्षाको परीक्षा समेत प्रभावित हुने देखिन्छ । हडतालका कारण एसइई का उत्तर पुस्तिका जाँच पनि प्रभावित वनेको छ ।

निजी विद्यालयले धमाधम भर्ना र पठनपाठन सुरु गर्दा सरकारी विद्यालय सुनसान छन् । यसले सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटन सक्ने सम्भावना बढाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...