News Portal

रेडियो सुन्नुहोस्

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

झुलेनी नेटवर्क२०८२ वैशाख १७
१०७२ पटक
२०८२ वैशाख १७

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले क्लिनिकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर योगीले जनताको स्वास्थ्य उपचारमा टेवा पुर्‍याउने भन्दै व्यावसायिक सफलताको शुभकामना दिएका छन् ।

उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले आर्थिक मन्दिको अवस्थामा समेत ब्यवसाय सञ्चालन गरेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्यूठान नगरपालिका ८ का अध्यक्ष पदम बहादुर थापा क्षेत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख चुमान सिंह गिरी, पत्रकार महासङ्घका अध्यक्ष श्रीराम भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लिनिकमा दैनिक एमबिबिएस चिकित्सकबाट बिरामी जाँच, समय–समयमा विशेषज्ञबाट बिरामी चेकजाँच, ओपिडी, इमरजेन्सी, एक्सरे सेवा, प्रयोगशाला, फार्मेसी, भिडियो एक्सरे, ड्रेसिङ सेवा उपलब्ध हुने सञ्चालक असिम मल्ल ठकुरीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...