News Portal

रेडियो सुन्नुहोस्

गर्जेनी दुर्घटनाले झस्किन्छन् प्यूठानी

कहिले बन्छ भालुबाङ–प्यूठान सडक दुई लेन ?

झुलेनी नेटवर्क२०८२ जेठ १
८३२ पटक
२०८२ जेठ १

प्यूठान प्रवेश गर्ने मुख्य सडक भालुबाङ–प्यूठान सडकमा सवारी चाप बढे पनि  डबल लेन गर्ने काम अझै सुरु भएको छैन ।

प्यूठान सदरमुकाम खलङ्गा सम्मको सडकलाई दुई लेन बनाउने योजना अघि सारिएको वर्षौ भए पनि कार्यान्वयन नभएकाले दुर्घटनाको जोखिम अझै कायमै छ । बारम्बार दुर्घटना हुने क्षेत्रमा पर्ने घुम्टी समेत फराकिलो बनाउने काम नभएको सवारी चालक गुनासो गर्छन् ।

दाङको भालुबाङ देखि प्यूठानको चकचकेसम्म ४५ किलोमिटर सडक क्षेत्र  साँघुरो र अप्ठ्यारो छ । यही क्षेत्रमै बारम्बार दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यस्तै दाखाक्वाडी बिजुवार क्षेत्रमा सडक साँघुरो भएर दैनिक सवारी जाम लाग्ने गर्छ ।

सडक साँघुरो र अप्ठ्यारो भएका कारण माण्डबी गाउँपालिका १ तिरामको गर्जेनीमा २०६१ माघ ८ गते दाङबाट प्यूठान टारी आउने जन्ती बस दुर्घटना भएको थियो ।  त्यो घटनामा दुलहा सहित ४१ जनाको घटनास्थलमै ज्यान गएको थियो । त्यस पछि यो सडकमा दर्जनौँ पटक दुर्घटना भएका छन् । सयौँ जनाले ज्यान गुमाएका छन् । गर्जेनी दुर्घटनाले सिङ्गो मुलुकको ध्यानाकर्षण गराएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शोक वक्तव्य समेत निकालेका थिए । अझै पनि गर्जेनी घटनाले झस्किन्छन् प्यूठानी ।

साबिकको जिल्ला विकास समिति प्यूठानले सात सदस्यीय स्वतन्त्र नागरिक छानबिन समिति गठन गरेको थियो । ‘हामीले धेरै दुःख गरेर गर्जेनी दुर्घटनाको कारणसहित प्रतिवेदन तयार पारेका थियौँ,’ जिल्ला विकास समिति बनाएको छानबिन समितिका संयोजक रामेश्वर सुवेदीले भने, ‘तर कतैबाट पनि सुझाव कार्यान्वयन भएन । गर्जेनी दुर्घटना भएको  दुई दशक बित्दा पनि सडकको अवस्था उस्तै रहेको सुबेदीको भनाइ छ । साँघुरो सडकका कारण दुर्घटना भएको उ बेला बनाइएको प्रतिवेदनको निष्कर्ष रहेको सुबेदीले बताए ।

सडकमा यस वर्ष आवधिक मर्मत शीर्षक अन्तर्गत काम भइरहेको छ । तर दुई लेनको लागि  बजेट आएको छैन । कार्यालयले गरेको अध्ययनअनुसार डबल लेनको सडक निर्माण गर्नको लागि झन्डै १ अर्ब बजेट आवश्यक पर्छ । दुई जिल्ला प्रवेश गर्ने यो सडकमा दैनिक तीन हजार भन्दा बढी सवारी ओहोर–दोहोर गर्छन् ।  उपभोग्य वस्तु यही खण्ड भएर दुई जिल्लाको लागि भित्रन्छ । ‘सडकको अप्ठ्यारो खण्डको केही भागमा घुम्टी कटीङ गरेर चौडाइ बढाउने काम भइरहेका छन्,’ सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख विशुनदास लामाले भने,‘साँघुरो ठाउँमा ग्याविन वाल पनि लगाउँदै छौ ।’

२०६५ सालमा कालोपत्रे भएको  सडक साँघुरा भई ट्राफिक जाम धान्न नसक्ने भएकाले डवलेनको निर्माणको लागि बजेटको व्यवस्था गर्ने माग गरिएको सङ्घीय सांसद सूर्य थापाले बताए । ‘लुम्बिनी प्रदेशको राजधानी भालुबाङ पुग्नको लागि अन्य जिल्लालाई समेत यो सडक पायक पर्छ,’ उनले भने, ‘अव सिङ्गल लेनले सवारी चाप धान्न सक्दैन ।’ सडक विभाग, अर्थ मन्त्रालयमा पहल गरेर गत वर्ग नियमित काम बाहेक १५ करोड बढी बजेट थप गरेर अप्ठ्यारो क्षेत्रमा सडक सुधारका काम गरिएका थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...