News Portal

रेडियो सुन्नुहोस्

अपाङ्ग किसानलाई कुखुराको चल्ला वितरण

झुलेनी नेटवर्क२०८२ जेठ १२
५१८ पटक
२०८२ जेठ १२

प्यूठान नगरपालिकाले अपाङ्ग किसानलाई कुखुराको चल्ला वितरण गरेको छ ।

नगरपालिकाको चालु आर्थिक वर्षको सिप विकास तालिम सञ्चालन तथा टेवा कार्यक्रम अन्तरगत ६ सय उन्नत जातको कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखा प्रमख गिरीराज पौडेलले जानकारी दिए ।

प्रत्येक वडाबाट ३ जनाका दरले ३० जनालाई आउने–जाने भाडासहित न्यू हेम्पसायर रातो र अस्ट्रोलर कालो जातको चल्ला वितरण गरिएको पौडेलले बताए ।

कार्यक्रममा प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले अपाङ्गता भएका व्यक्तिलाई मायाको पात्र बनाउने उदेश्यले कुखुराको चल्ला वितरण गरिएको बताए । कार्यक्रमले उनिहरुको पोषण सुधार र आर्थिक उपार्जनमा टेवा पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए ।

नगर स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष लोकराज भुसालको अध्यक्षमा भएको कार्यक्रमको संचालन महिला विकास शाखा प्रमुख मन्जु धितालले गरेकी थिईन ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...