News Portal

रेडियो सुन्नुहोस्

कालोपत्रे सडकको आशामा उत्तरी प्यूठानबासी

झुलेनी नेटवर्क२०८२ जेठ १३
२३४७ पटक
२०८२ जेठ १३

बाग्दुला–मच्छि–ठुलावेशी सडक कालोपत्रे हुने चर्चाले त्यस सडकबाट यात्रा गर्ने उत्तरी प्यूठानका जनतामा आशा जगाएको छ । २०५४ सालदेखि सहिद मित्रमणी मार्गको नामबाट सुरु भएको बाटो ट्र्याक ओपान भएको वर्षौँ पछि विभिन्न निकायबाट बजेट परेर काम हुन थालेपछि कालोपत्रे हुने आशा स्थानीयले गरेका छन् ।

वर्षा याममा हिलाम्य र हिउँदमा धुलाम्य हुने यो सडक प्यूठान नगरपालिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका सँगै गुल्मी र बागलुङ जिल्ला जोडने सडक हो । भारतीय एग्जिम बैङ्कको सहयोगमा निर्माण हुने भनिएको बाग्दुला भिमगिठे सडक निर्माण सुरु नहुँदै अलपत्र बनेपछि १० वर्षदेखि यो सडक मर्मतको काम समेत हुन सकेको थिएन ।

चालु आर्थिक वर्षमा बाग्दुला देखि ठुलावेसी सम्मको खण्डमा ७ करोड ८ लाखको काम भइरहेको छ । झिमरुक गाउँपालिका बाट विनियोजन भएको २ करोड रुपैयाँ, झिमरुक गाउँपालिका-सङ्घीय समपूरक अनुदान २ करोड र झिमरुक कोरिडोरको १ करोड गरी ५ करोड रुपैयाँबाट अहिले बतासेडाँडा–ज्यामुरखोला सडक खण्डमा ठेक्का मार्फत काम भइरहेको छ ।

उक्त ५ करोड बजेट बाट ५.२ किलोमिटर सडकमा व्याक कटिङ, नाला र स्टक्चर सहित(प्लम कङक्रिट) १ हजार २ सय ६४ घन मिटर, ग्याविन ३ सय ५० घन मिटर, नाला, कजवय र कल्भर्ट लगायत आरसिसी १ सय ८० घन मिटर र पिसिसि ३ सय ७६ घन मिटरको काम गर्ने गरी ठेक्का भएर काम भइरहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा नै सङ्घीय सरकार, सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल अन्तर्गत मच्छि लिवासे खण्डमा १ करोड ८ लाख ३८ हजारको आरसिसी, नाला लगायतको काम भइरहेको कार्यालयका इन्जिनियर हेमराज बन्जाडेले बताए ।

सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक डिभिजन कार्यालय जस्पुर मार्फत १ करोड रुपैयाँ बराबरको बाग्दुला–मरन्ठाना खण्डमा कटिङको काम भइरहेको कार्यालय प्रमुख विसुन्दास लामाले बताए । मरन्ठाना(खरिबोट) देखि मच्छि खण्डमा काम हुने गरी सोही कार्यालय मार्फत थप बजेट मार्फत ४ करोड बराबरको काम गर्ने गरी  सडकले ठेक्का निकालेको छ । यो ठेक्कामा ब्याक कटिङ, आरसिसी लगायतका काम गरिने कार्यालय प्रमुख लामाले बताए ।

सोही सडक खण्डमै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक पूर्वाधार विकास कार्यालय खलङ्गा मार्फत ७५ लाख रुपैयाँ विनियोजन भए पनि अझै ठेक्का खुल्न बाँकी छ । वहुवर्षिय आयोजना अन्तर्गत श्रोत सुनिश्चितताका लागि अर्थमा पठाइएको र अर्थबाट श्रोत सुनिश्चितता भएपछि वहुवर्षिय योजनाको रूपमा ठेक्का खोलिने कार्यालय प्रमुख चन्द्र शाहले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...