News Portal

रेडियो सुन्नुहोस्

घुम्नजाऔँ गौमुखी शुभारम्भ

झुलेनी नेटवर्क२०८२ जेठ १८
३७९ पटक
२०८२ जेठ १८

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण गरेर भ्रमण वर्ष सफल पार्ने योजना बनाएको छ । ‘पर्यटन र पूर्वाधार समृद्धिको आधार, नया गन्तव्य नया अनुभब घुम्नजाऔ गौमुखी स– गौरव’ नारा बनाइएको छ । भ्रमण अवधिमा एक लाख पर्यटक भित्राउने लक्ष्य राखिएको पालिकाले जनाएको छ । समितिको आयोजनामा शनिबार भ्रमण वर्षको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले शुभारम्भ गरेको छन् ।

भ्रमण वर्ष उद्घाटन गर्दै पाण्डेले गौमुखीको पर्यटकीय पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । भ्रमण वर्षले गौमुखी क्षेत्रको प्राकृतिक र सांस्कृतिक स्थलहरू प्रवद्र्धन गरी यस क्षेत्रको समग्र विकासमा मद्दत पुग्ने पाण्डेको भनाइ थियो । ‘पर्यटन नेपालको समृद्धिको आधार हो,’  मन्त्री पाण्डेले भने, ‘त्यसैले सरकार प्रर्यटन प्रवद्र्धनमा लागि परको छ ।’ वर्षभर चल्ने भ्रमण अभियानमा गौमुखी गुफा, बाइस मुल झरना, झाक्रीढुङ्गा, रानीताल, ठूलो, सानो नांगीलेक,अर्खा–रजवारा झोलुंगे अग्लो पुल, गोद्रेचौर, टोपरे गुफा लगायत धार्मिक तथा प्राकृतिक स्थलहरूमा पर्यटन पु¥याउने योजना रहेको पालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताए । यस्तै, यानिमाया भाका, मारुनी, सोरठी, पञ्चेबाजा लगायत स्थानीय सांस्कृतिक कार्यक्रमहरूले पर्यटनलाई मनोरञ्जन गराइने गिरीले बताए ।

यहाँ आउने पर्यटक सुविधाका लागि गौमुखी नजिकैको गौमुखी १ किनाम अर्खामा होमस्टे सेवा सञ्चालनमा रहेको पालिका उपाध्यक्ष महाबिर रानाले बताए ।

यसअघि २०७५ मा नेपाल पत्रकार महासंघ प्यूठानले ‘गौमुखी मिडिया सम्मेलन’ आयोजना गरी यस क्षेत्रको पर्यटन सम्भावनाबारे बहस अघि सारेको थियो । त्यसवेला तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्मलेनको उद्धाटन गरेका थिए । मिडिया सम्मेलनमा लुम्बिनी प्रदेशका सबै जिल्लाका सञ्चारकर्मीको सहभागिता थियो । त्यसयता गौमुखी क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रचार बढेको स्थानीय बताउछन् ।

गौमुखी गाउपालिका–२ मा अवस्थित झिमरुक नदीको उद्गमस्थल ‘गौमुखी गुफा’ यस क्षेत्रको मुख्य आकर्षण मानिन्छ । गाईको मुखजस्तो आकारको ढुंगाबाट निरन्तर पानी झर्ने भएकाले यसको नाम गौमुखी रहन गएको स्थानीय बताउछन् ।

गौमुखी सदरमुकाम खलंगाबाट झन्डै ४० किलोमिटरको सडक यात्रा र करिब एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ । विशेषगरी माघे संक्रान्तिमा यहा ठूलो मेला लाग्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...