News Portal

रेडियो सुन्नुहोस्

घुम्नजाऔँ गौमुखी शुभारम्भ

झुलेनी नेटवर्क२०८२ जेठ १८
५४७ पटक
२०८२ जेठ १८

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण गरेर भ्रमण वर्ष सफल पार्ने योजना बनाएको छ । ‘पर्यटन र पूर्वाधार समृद्धिको आधार, नया गन्तव्य नया अनुभब घुम्नजाऔ गौमुखी स– गौरव’ नारा बनाइएको छ । भ्रमण अवधिमा एक लाख पर्यटक भित्राउने लक्ष्य राखिएको पालिकाले जनाएको छ । समितिको आयोजनामा शनिबार भ्रमण वर्षको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले शुभारम्भ गरेको छन् ।

भ्रमण वर्ष उद्घाटन गर्दै पाण्डेले गौमुखीको पर्यटकीय पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । भ्रमण वर्षले गौमुखी क्षेत्रको प्राकृतिक र सांस्कृतिक स्थलहरू प्रवद्र्धन गरी यस क्षेत्रको समग्र विकासमा मद्दत पुग्ने पाण्डेको भनाइ थियो । ‘पर्यटन नेपालको समृद्धिको आधार हो,’  मन्त्री पाण्डेले भने, ‘त्यसैले सरकार प्रर्यटन प्रवद्र्धनमा लागि परको छ ।’ वर्षभर चल्ने भ्रमण अभियानमा गौमुखी गुफा, बाइस मुल झरना, झाक्रीढुङ्गा, रानीताल, ठूलो, सानो नांगीलेक,अर्खा–रजवारा झोलुंगे अग्लो पुल, गोद्रेचौर, टोपरे गुफा लगायत धार्मिक तथा प्राकृतिक स्थलहरूमा पर्यटन पु¥याउने योजना रहेको पालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताए । यस्तै, यानिमाया भाका, मारुनी, सोरठी, पञ्चेबाजा लगायत स्थानीय सांस्कृतिक कार्यक्रमहरूले पर्यटनलाई मनोरञ्जन गराइने गिरीले बताए ।

यहाँ आउने पर्यटक सुविधाका लागि गौमुखी नजिकैको गौमुखी १ किनाम अर्खामा होमस्टे सेवा सञ्चालनमा रहेको पालिका उपाध्यक्ष महाबिर रानाले बताए ।

यसअघि २०७५ मा नेपाल पत्रकार महासंघ प्यूठानले ‘गौमुखी मिडिया सम्मेलन’ आयोजना गरी यस क्षेत्रको पर्यटन सम्भावनाबारे बहस अघि सारेको थियो । त्यसवेला तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले सम्मलेनको उद्धाटन गरेका थिए । मिडिया सम्मेलनमा लुम्बिनी प्रदेशका सबै जिल्लाका सञ्चारकर्मीको सहभागिता थियो । त्यसयता गौमुखी क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रचार बढेको स्थानीय बताउछन् ।

गौमुखी गाउपालिका–२ मा अवस्थित झिमरुक नदीको उद्गमस्थल ‘गौमुखी गुफा’ यस क्षेत्रको मुख्य आकर्षण मानिन्छ । गाईको मुखजस्तो आकारको ढुंगाबाट निरन्तर पानी झर्ने भएकाले यसको नाम गौमुखी रहन गएको स्थानीय बताउछन् ।

गौमुखी सदरमुकाम खलंगाबाट झन्डै ४० किलोमिटरको सडक यात्रा र करिब एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ । विशेषगरी माघे संक्रान्तिमा यहा ठूलो मेला लाग्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...