News Portal

रेडियो सुन्नुहोस्

प्रेस संगठन नेपालको एकता टुँगियो (प्यूठानसहित देशैभरवाट को–को परे केन्द्रिय कमिटीमा)

सिखबर संवाददाता११ मंसिर, प्यूठान
२०८२ पटक
११ मंसिर, प्यूठान

प्रेस संगठन नेपालको केन्द्रमा एकता प्रक्रिया टुंगिएको छ। २४९ जना केन्द्रिय सदस्य रहनेगरी केन्द्रिय संयोजकमा तत्कालिन प्रेस सेन्टरवाट महेश्वर दाहाल र सहसंयोजकमा प्रेस चौतारीवाट गणेश वस्नेत चयन भएका छन्।

तत्कालिन प्रेस चौतारीलाई ४४ र प्रेस सेन्टरलाई ३३ जिल्लामा नेतृत्व परेको छ। आगामि मंसिर २० सम्म प्रदेश र जिल्लाको एकता टुंग्याउने निर्णय भएको छ। प्रदेश कमिटी वढिमा ९९ सदस्यिय हुनेछ भने जिल्ला कमिटी वढिमा ४१ सदस्यिय हुनेछ।

एकताको क्रममा संघठनमा एक व्यक्ति एक पदको निति लागु गरिएको छ। भने एकता गर्दा संयोजक/सहसंयोजकमा पुर्व कमिटीका अध्यक्ष/संयोजक नै रहने निर्णय भएको छ। यदि पुर्वअध्यक्ष/पुर्व संयोजक वस्न नमिलेको वा नचाहेको खण्डमा सहमतिका आधारमा वरिष्ठता र क्रियासिलता हेरी अरुलाई जिम्मा दिन सकिने छ।

निणर्यअनुसार प्यूठान जिल्लामा पुर्व प्रेस सेन्टरवाट संयोजक र पुर्व प्रेस चौतारीवाट सह संयोजक हुने भएका छन्। प्यूठान जिल्लावाट कान्तिपुरकर्मी गिरुप्रसाद भण्डारी केन्द्रिय सदस्य चयन भएका छन्।

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...