News Portal

रेडियो सुन्नुहोस्

महिलामैत्रि मतदान केन्द्र दाखाक्वाडी(फोटो फिचर)

मतदान केन्द्रमा खटिएका १५ महिलासंग ९ सय ५२ मतदातालाई मतदान गराउने जिम्मेेेेवारी छ।

सिखबर संवाददाता
१८८९ पटक

प्यूठान नगरपालीका वर्डा नं २ वडहरपाटा गाविस भवनको मतदान केन्द्र (क) मा निर्वाचनको व्यापक तयारी भईरहेको छ। जिल्लामै महिलाको नेतृत्वमा हुने मतदान केन्द्रमा निर्वाचनका कर्मचारी, स्वायंसेवक, राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मी सहित १५ जना महिला खटिने छन्।

मतदाता परिचयपत्र वितरण गर्दै महिला कर्मचारीहरु्

“जिल्लामै यो महिलामात्र जनशक्ती खटिएको नमुना मतदान केन्द्र हो।” मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गोतमले भने- “मतदान अधिकृतदेखि स्वयंसेवक सम्म सवै महिला हुनुहुन्छ।”

निर्वाचनमा सहयोगका लागि खटिएका स्वयंसेवक महिलाहरुण

मतदान अधिकृत सिता रेग्मीको नेतृत्वमा खटिएका १५ कर्मचारी सहित राजनितिक दलका प्रतिनिधीले ९ सय ५२ मतदातालाई मतदान गराउने जिम्मेवारी पाएका छन्।

सुरक्षार्थ खटिएका सुरक्षाकर्मिहरु

सहायक मतदान अधिकृत विष्णु ओली, सहायक कर्मचारी मञ्जु धिताल, राधा गिरी र सहयोगी कर्मचारीको रुपमा गंगा भण्डारी खटिएका छन्।

मतदानका लागि स्थल तयारि गरिदै गरेको अवस्थामा।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...