News Portal

रेडियो सुन्नुहोस्

विपदमा नगद वितरण प्रभावकारी- सरोकारवाला

सिखबर संवाददाता३० मंसिर, प्यूठान
१६३४ पटक
३० मंसिर, प्यूठान

विपदको समयमा प्रभावितहरुलाई सामाग्रीको तुलनामा नगद वितरण प्रभावकारी हुने जिल्लास्थित सरोकारवालाहरुले वताएका छन्। नेपाल रेडक्रस सोसाईटीको आयोजनामा नगद हस्तान्तरण पुर्वतयारी कार्यक्रम, नगद हस्तान्तरण तथा कार्यसञ्चालन निर्देशिका-सचेतना सेसनका सहभागीहरुले यस्तो वताएका हुन।

शुसासन, पारदर्शिता, वस्तुको गुणस्तरहिनताको जोखिम न्युनिकरण, प्रभावितको आत्मसम्मान, उनिहरुको छनोटको अधिकार र व्यवस्थापकिय सवालमा नगद हस्तान्तरण प्रभावकारी हुने सरोकारवालाहरुको वुझाई छ। “नगद हस्तान्तरण समयसापेक्षित र वैज्ञानिक कार्यक्रम हो।” प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यले भन्नुभयो- “यस्ले पिडितले आफ्नो आवश्यकता अनुसार खर्च गर्नसक्ने वातावरण श्रृजना गर्छ।”

विपदको समयमा सामाग्रि वितरणले प्रभावितको आत्मसम्मान, आवश्यकता छनौट र गुणस्तरिय वस्तु उपभोगको सुनिस्चितता कम गर्नुका साथै शुसासन र पारदर्सिता नहुने जोखिम तुलनात्मक रुपमा वढी हुने गर्दछ।

व्रिटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटिले कार्यक्रम आयोजना गरेको हो। रेडक्रसका जिल्ला सभापती गुमानराज पुलामिको अध्यक्षता र प्यूठान नगरपालीका उपप्रमुख शान्ता आचार्यको आथित्यतामा भएको कार्यक्रममा जिल्लास्थित प्रकोप उद्घार, राहत तथा पुनर्स्थापनासंग सम्वन्धित सरोकारवालाको सहभागीता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...