News Portal

रेडियो सुन्नुहोस्

विपदमा नगद वितरण प्रभावकारी- सरोकारवाला

सिखबर संवाददाता३० मंसिर, प्यूठान
१८६४ पटक
३० मंसिर, प्यूठान

विपदको समयमा प्रभावितहरुलाई सामाग्रीको तुलनामा नगद वितरण प्रभावकारी हुने जिल्लास्थित सरोकारवालाहरुले वताएका छन्। नेपाल रेडक्रस सोसाईटीको आयोजनामा नगद हस्तान्तरण पुर्वतयारी कार्यक्रम, नगद हस्तान्तरण तथा कार्यसञ्चालन निर्देशिका-सचेतना सेसनका सहभागीहरुले यस्तो वताएका हुन।

शुसासन, पारदर्शिता, वस्तुको गुणस्तरहिनताको जोखिम न्युनिकरण, प्रभावितको आत्मसम्मान, उनिहरुको छनोटको अधिकार र व्यवस्थापकिय सवालमा नगद हस्तान्तरण प्रभावकारी हुने सरोकारवालाहरुको वुझाई छ। “नगद हस्तान्तरण समयसापेक्षित र वैज्ञानिक कार्यक्रम हो।” प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यले भन्नुभयो- “यस्ले पिडितले आफ्नो आवश्यकता अनुसार खर्च गर्नसक्ने वातावरण श्रृजना गर्छ।”

विपदको समयमा सामाग्रि वितरणले प्रभावितको आत्मसम्मान, आवश्यकता छनौट र गुणस्तरिय वस्तु उपभोगको सुनिस्चितता कम गर्नुका साथै शुसासन र पारदर्सिता नहुने जोखिम तुलनात्मक रुपमा वढी हुने गर्दछ।

व्रिटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटिले कार्यक्रम आयोजना गरेको हो। रेडक्रसका जिल्ला सभापती गुमानराज पुलामिको अध्यक्षता र प्यूठान नगरपालीका उपप्रमुख शान्ता आचार्यको आथित्यतामा भएको कार्यक्रममा जिल्लास्थित प्रकोप उद्घार, राहत तथा पुनर्स्थापनासंग सम्वन्धित सरोकारवालाको सहभागीता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...