News Portal

रेडियो सुन्नुहोस्

विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीद्धारा संयुक्त संघर्षको घोषणा

सिखबर संवाददाताकाठमाण्डौ चैत्र २२
१४५८ पटक
काठमाण्डौ चैत्र २२

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी सहित ४ पार्टीहरुले राष्टियता, जनतन्त्र र जनजिविकाको विषयमा संयुक्त संघर्ष गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , नेकपाका अध्यक्ष ऋषि कट्टेल , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण र नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहले संयुक्त विज्ञप्ती जारी गर्दै साझा मुद्धाहरुमा कार्यगत एकता गरि संयुक्त संघर्ष गर्ने र नेपालको क्रान्तिकारी आन्दोलनलाई एकतावद्ध गर्न वहसको थालनि गर्ने घोषणा गरेका हुन।

तत्कालका लागि प्रधानमन्त्रि के.पी. शर्मा ओलिले विगतमा नेपाल–भारतको विचमा भएका असमान सन्धिहरुको कार्यन्वयन गर्ने कुराको विरोध गर्ने, दिल्लिवाट नरेन्द्र मोदि र केपि शर्मा ओलिले संयूक्त रुपमा नेपालको अरुण तेश्रो जलविद्युत आयोजनाको सिलान्यास गर्न थालेकोले त्यसको विरुद्धमा कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्।

यस्तो छ विज्ञप्तीको पुर्ण पाठ–

 

संयुक्त प्रेस वक्तव्य

मिति २०७४ चैत्र २१ गते चार कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठक बस्यो । बैठकले लिएका निर्णयहरू सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।
१. नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउने ।
२. राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी परस्पर सहमति भएका विषयहरूमा कार्यगत एकता गरी संयुक्त सङ्घर्ष गर्न सहमत भएका छौँ । तत्कालका लागि निम्न सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको छ ः
(क) नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसभन्दा अगाडि नेपाल–भारत बीचमा भएका राष्ट्रहित विपरितका सबै असमान सन्धि सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुराको घोर विरोध र भत्र्सना गर्ने ।
(ख) चैत्र २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अरूण तेस्रो जलविद्युत परियोजनाको भारतको दिल्लीबाट संयुक्त रूपमा शिलान्यास गर्ने कुराको विरोध गर्दै काठमाडौँमा संयुक्त विरोध सभा गर्ने ।
(ग) चार पार्टीको आयोजनामा आगामी वैशाख ३ गते राष्ट्रियतासम्बन्धी अन्तरक्रियात्मक गोष्ठी गर्ने ।
३) सरकारले शान्तिपूर्ण सङ्गठन, भेला र सङ्घर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गर्ने ।


क. मोहनबिक्रम सिंह, महामन्त्री, नेपाल कम्युनिस्ट पार्टी (मसाल)
का. मोहन बैद्य (किरण), महासचिव, नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)
क. प्रकाण्ड, प्रवक्ता, नेपाल कम्युनिष्ट पार्टी
क. ऋषि कट्टेल, अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...