News Portal

रेडियो सुन्नुहोस्

जुम्रीकाँढाका अग्नी पिडितलाई राहत वितरण(भिडियोसहित)

दीपा घर्ती१२ फागुन, प्यूठान
२०११ पटक
१२ फागुन, प्यूठान

गत मंसिर ७ गते आगोलागीका कारण घर र गोठ जलेर घरवारविहिन भएका प्यूठान नगरपालिका ५ जुम्रीकाँढा पुर्णागाउँ निवासी मति खड्काको परिवारलाई
भारतमा रहेका नेपालीले पठाएको राहत दिईएको छ ।
नेपाली जनसेवा समाज तामिलनाडु चेन्नैले भारतमा संकलन गरेको रकम संस्थाका संस्थापक अध्यक्ष मिठु पुरीमार्फत प्राप्त गरि प्यूठान नगरपालीका वर्डा नं ५ का अध्यक्ष लक्षुमन भण्डारीले पिडित परिवारलाई हस्तान्तरण गरेका हुन। मंसिरमा आगोलागी भएको घर अहिलेपनी निर्माणाधिन अवस्थामा रहेको छ। उक्त घटनावाट करिव ४ लाख ५० हजार बराबरको क्षति भएको पिडित टोप वहादुर खडकाले वताए। आगलागीका कारण घरमा रहेका अन्नपात र लत्ताकपडा सवै जलेर नस्ट भएपछी वारीमा मकैको डाँठले वारेको छाप्रोमा खडका परिवारले दिन विताईरहेको छ।
पिडित परिवारलाई नेपाली जनसेवा साउथ इन्डिया तामिलनाडु चेन्नै नामक संस्थामा आवद्ध रहेका नेपालीको पहलमा रकम संकलन गरी पठाएको रु. ३० हजार सहयोग रकम हस्तान्तरण गरिएको हो। संस्थाका संस्थापक अध्यक्ष प्यूठान न.पा. ८ खप्रेङखोला निवासी मिठु पुरीको नेतृत्वमा उक्त रकम मतिको घरमै पुगेर हस्तान्तरण गरिएको छ । आर्थिक उपार्जन गर्नका लागि परदेशिएका नेपालीहरुले कामदरको रुपमा चेन्नईमा संकलन गरेको रकम
पिडित खड्का परिवारलाई प्रदान गरिएको हो ।

जुम्रीकाँढाका अग्नी पिडितलाई राहत वितरण(भिडियो)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...