News Portal

रेडियो सुन्नुहोस्

जुम्रीकाँढाका अग्नी पिडितलाई राहत वितरण(भिडियोसहित)

दीपा घर्ती१२ फागुन, प्यूठान
२१८७ पटक
१२ फागुन, प्यूठान

गत मंसिर ७ गते आगोलागीका कारण घर र गोठ जलेर घरवारविहिन भएका प्यूठान नगरपालिका ५ जुम्रीकाँढा पुर्णागाउँ निवासी मति खड्काको परिवारलाई
भारतमा रहेका नेपालीले पठाएको राहत दिईएको छ ।
नेपाली जनसेवा समाज तामिलनाडु चेन्नैले भारतमा संकलन गरेको रकम संस्थाका संस्थापक अध्यक्ष मिठु पुरीमार्फत प्राप्त गरि प्यूठान नगरपालीका वर्डा नं ५ का अध्यक्ष लक्षुमन भण्डारीले पिडित परिवारलाई हस्तान्तरण गरेका हुन। मंसिरमा आगोलागी भएको घर अहिलेपनी निर्माणाधिन अवस्थामा रहेको छ। उक्त घटनावाट करिव ४ लाख ५० हजार बराबरको क्षति भएको पिडित टोप वहादुर खडकाले वताए। आगलागीका कारण घरमा रहेका अन्नपात र लत्ताकपडा सवै जलेर नस्ट भएपछी वारीमा मकैको डाँठले वारेको छाप्रोमा खडका परिवारले दिन विताईरहेको छ।
पिडित परिवारलाई नेपाली जनसेवा साउथ इन्डिया तामिलनाडु चेन्नै नामक संस्थामा आवद्ध रहेका नेपालीको पहलमा रकम संकलन गरी पठाएको रु. ३० हजार सहयोग रकम हस्तान्तरण गरिएको हो। संस्थाका संस्थापक अध्यक्ष प्यूठान न.पा. ८ खप्रेङखोला निवासी मिठु पुरीको नेतृत्वमा उक्त रकम मतिको घरमै पुगेर हस्तान्तरण गरिएको छ । आर्थिक उपार्जन गर्नका लागि परदेशिएका नेपालीहरुले कामदरको रुपमा चेन्नईमा संकलन गरेको रकम
पिडित खड्का परिवारलाई प्रदान गरिएको हो ।

जुम्रीकाँढाका अग्नी पिडितलाई राहत वितरण(भिडियो)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...