News Portal

रेडियो सुन्नुहोस्

ठूलाबेसीमा सरकारले गरेको लगडाउनमा थप कडाई गरिने

जायश्वर जैसी११जेठ २०७७
९७६ पटक
११जेठ २०७७

प्युठानको गौमुखी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र ठुलाबेसी बजार लकडाउन भित्र थप लकडाउन हुने भएको छ ।
कोरोना भाइरस ९कोभिड १९० को संक्रमण एवं जोखिम तीब्र बन्दै गएको भन्दै सरकारले गरेको लकडाउनमा पनि बजार एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन हुँदा उच्च जोखिम बढ्ने खतरा भएको भन्दै एक हप्ताका लागि बजार एवं संघ(संस्थाहरू पूर्णतः बन्द  गरिने भएको छ ।
गौमुखी गाउँपालिकासँग सिमाना जोडिएको गुल्मीको मदाने गाउँपालिकामा १ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको र १ जना व्यक्तिमा संक्रमण पुष्टि भएकोले ठुलाबेसी बजार उच्च जोखिममा हुन सक्ने भन्दै आज बसेको ठुलाबेसी बजार व्यवस्थापन समितिको बैठकले जेठ १३ गतेदेखि १९ गतेसम्मको लागि होटल, पसल, बैंक, सहकारी, वित्तीय संस्था लगायत पूर्ण रूपमा बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष जनक केसीले बताए ।
उद्योग बाणिज्य संघ गौमुखी बजार क्षेत्रका अध्यक्ष समेत रहेका केसी भन्छन्, ू कोरोना महामारी तीब्र बन्दै गएकाले पालिकाकै केन्द्र ठुलाबेसी बजारका कारण थप जोखिम नहोस् भन्नको लागि बजार थप लकडाउन गर्ने निर्णय गरेका हौँ । हामीले हाम्रो निर्णय प्रतिलिपीसहित सम्बन्धित होटल, पसल सहकारी, विभिन्न संघ(संस्था तथा निकायहरूमा बन्दको लागि अनुरोध गरेका छौँ । हाम्रो अनुरोधलाई बेवास्ता गरेर बन्द नगरेमा कोरोनाका कारण कुनै क्षति भए सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने छ । ू केसीले थप भने, ू निर्णयलाई थप सहजीकरण गर्नको लागि गौमुखी गाउँपालिका र ईलाका प्रहरी कार्यालय पुजा लिवासेलाई बोधार्थ दिएका छौँ ।ू
कोरोना भाइरस विश्वभर फैलिएसँगै नेपालमा पनि तीब्र गतिमा संक्रमण बढेकाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक एवं भौगोलिक दूरी कायम गर्न समेत बजारबासीहरूलाई अनुरोध गर्दै प्रचा समेत टाँस एवं वितरण गरिएको स्थानीय बजारवासी महेन्द्र चन्दले बताए । अत्यावश्यक काम बाहेक अन्य काममा जथाभावी बाहिर निस्कने र अन्यत्र ठाँउबाट आएका अपरिचित मानिससँग लसपस तथा प्रत्येक्ष सम्पर्कमा रहेका व्यक्तिलाई बजार प्रवेश रोक लागाउनुका साथै क्वारेन्टाइनमा बस्नको लागि प्रहरी प्रशासनमा बुझाउन सकिने स्थानीय युवा बालाराम न्यौपानेले बताए ।
यो निर्णयको कार्यान्वयन भए जेठ १३ देखि १८ गतेसम्मको लागि ठुलाबेसी बजारमा रहेका सम्पूर्ण होटल, पसल, सहकारी, लघुवित्त, बैंक लगायत मानिसहरूका ओहोरदोहोर समेत बन्द हुने छन् । सिमा जोडिएको गुल्मीको मदानेमा कोरोनाका कारण एक व्यक्तिको मृत्यु र एक जनामा कोरोना पुष्टि एवं छिमेकी राष्ट्र भारतबाट मानिसहरू दैनिक आउने क्रम बढेसँगै गौमुखीवासीमा थप त्रास फैलिएको छ । आज मात्रै भारतबाट गौमुखी गाउँपालिकामा २५ जना आएको पालिकाका स्वाथ्य संयोजक हरिप्रसाद जैसीले जानकारी दिए । उनीहरूलाई महेन्द्र मावि पुजाको क्वारेन्टाइनमा राखिने संयोजक जैसीले बताए ।

प्रतिकृया दिनुहोस्

नेपाल विद्यार्थी संघ प्युठानले नगरपालिकालाइ ज्ञापनपत्र बुझायो

नेपाल विद्यार्थी संघ प्युठानले प्युठान नगरपालिकालाइ आइतबार ज्ञापन पत्र बुजाएको छ । नगरपालिका भित्रका विद्यालय...

प्यूठान अस्पतालको बाटो मर्मतका लागि अनुगमन

प्यूठान अस्पतालको सडक मर्मतको लागि अनुगमन गरिएको छ । आइतबार सडक पूर्वाधार विकास कार्यालय प्यूठानका...

कालिका भगवती र भैरव मन्दिर परिसरमा सरसफाइ

४४ औं सामाजिक सेवा दिवसको अवसर पारी विजुवार बजार स्थित कालिका भगवती र भैरव मन्दिर...

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन्...

सरकार र शिक्षकहरूबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

काठामाडौं, सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा...