News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा डेंगु संक्रमण

दीपा पौडेल
१३३६ पटक

गर्मी मौसम बढेसंगै प्युठानमा डेंगुको संक्रमण देखिएको छ।
प्युठान नगरपालिका वडा नं.६ की एक ६ बर्षिया बालिकामा डेंगु संक्रमण देखिएको हो। बिरामी भएर अस्पताल आएकी उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो। उनको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेकोमा स्वास्थ्यमा खासै सुधार नआएकाले जिल्ला बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ। गत बर्ष असोजमा १ जना र कार्तिकमा २ जना गरि ३ जनामा डेंगु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी राजन घिमिरेले जानकारी दिनुभयो ।खास गरि तराईमा लाग्ने यो रोग एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग भएको जिल्ला अस्पताल विजुवारमा कार्यरत डा. क्षितिज नेपालीको भनाई छ। कोरोना भाइरसको सन्त्रास फैलिईरहेको अवस्थामा अन्य रोगहरुलाई बेवास्ता गर्दा झन जोखिम बढ्न सक्ने भएकाले सचेत रहनु पर्ने उहाँको भनाई छ।
मौसम परिर्वनसंगै पहाडी जिल्लाहरुमा पनि यो रोग देखिन थालेको भन्दै डेंगुको संक्रमणबाट बच्नको लागि बिशेष गरेर वातावरणीय सरसफाईमा ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले आग्रह गर्नुभएको छ। उहाँले भन्नु भयो –“गर्मीमा लामखुट्टे बढी देखिन्छन् ,यसको टोकाईबाट बच्नुस। ” यो लामखुट्टेको टोकाईका कारण लाग्ने भएकाले घर वरिपरि रहेका फोहोर पानी जम्ने खाडलहरु पुर्न, सुत्ने बेला अनिवार्य रुपमा झुलको प्रयोग गर्न र घरबाहिर हिड्दा पुरा हातखुट्टा छोपिने खालका कपडाहरुको प्रयोग गर्न समेत उहाँले सुझाव दिनुभएको छ।”
कोरोना भाइरसको संक्रमण बढि रहेका बेला डेंगु रोगको संक्रमणले नागरिकमा थप त्रास उत्पन्न हुन सक्ने भन्दै उहाँले नआतिन र सचेत रहन सुझाव दिनुभएको छ।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार विगतका बषर््ाहरुमा यो रोग देखिएको भएपनि महामारी भने फैलिएको छैन। उहाँले भन्नु भयो –“संक्रमण स्थानिय हो वा बाहिरबाट आएको हो भन्नेबारेमा अनुसन्धान भैरहेको छ।” अरु रोगहरुसंगै यसका पनि मिल्दा जुल्दा लक्षणहरु देखिने भएकाले सबै स्वास्थ्य संस्थाहरुमा यस्ता किटजन्य रोगहरुका बारेमा चारैतिरबाट बिश्लेषण गरि जाँच गर्नुपर्ने उहाँले बताउनु भयो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...