News Portal

रेडियो सुन्नुहोस्

१४ नेपाली सेनासहित २३ जनामा कोरोना पुष्टी

२६ श्रावण, प्यूठान
१६४० पटक
२६ श्रावण, प्यूठान

नेपाली सेनामा कार्यरत १४ जनासहित प्यूठानमा थप २३ जना कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका अनुसार ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्वारेन्टाइनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना, १ जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेकामा संक्रमण पुष्टि भएको हो ।

एक जना संक्रमितको ठेगाना खुल्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाका थप २३ जनामा कोरोना देखिएको हो ।

तीमध्ये ३ जना महिला र अरु पुरुष हुन् । उनीहरुको उमेर १२ देखि ४६ वर्षसम्मका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार आएको रिपोर्टसँगै प्यूठानमा सक्रिाय संक्रमित २८ जना भएका छन् । यसअघि कोरोना संक्रमण पुष्टि भएका ३ सय ३७ जना निको भएर घर गइसकेको कार्यालयले जनाएको छ। #कान्तिपुवाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...