News Portal

रेडियो सुन्नुहोस्

घरवारविहिन वहिरा दम्पती परिवारलाई आर्थिक अभावले जीवन धान्नै गाह्रो

मधुसुदन पोख्रेल१६ भाद्र, प्यूठान
१७९० पटक
१६ भाद्र, प्यूठान

माण्डवी गाउँपालिका ३ नयाँगाउँका एक अधिकारी दम्पति बोल्न सक्दैनन्। अरूको काम गरेर जीवन चलाईरहेका उनीहरूले लकडाउनमा काम समेत पाएका छैनन्। आफ्नो भाईको घरछेउमा रहेको दुईकोठे ओसारीमा जीवन चलाउँदै आएका नयाँगाउँका बहिरा दम्पति एकराज अधिकारी र उनको श्रीमति रेश्मा अधिकारीले निकै कष्टकर जीवन विताउन बाध्य भएका छन्। गाउँपालिकाले राहत स्वरूप चामल,दाल ,तेल दिएपनि ५ जनाको परिवार संख्या रहेको अधिकारी दम्पतिलाई लकडाउनमा जीवन धान्न निकै धौ धौ परेको छ।
स्वर्गद्धारी रेडियोका स्टेशन म्यानेजर बिमल पोख्रेलको मंगलबार जन्मदिन रहेको थियो। उहाँले जन्मदिनको अवसरमा असाहय गरिब विपन्नको लागि केहि सहयोग गर्ने योजना बनाउनुभयो। ५० के.जी चामल, १ के.जी तेल, २ के.जी नुन र एक दर्जन कापी र कलम पोख्रेलले सहयोग गर्नुभएको हो। आफ्नो योजना केहि साथीहरूलाई सुनाएकोमा स्वर्गद्धारी ९ लामाचौरका पुर्ण कालाथोकीले अधिकारी दम्पितीको बिषयमा जानकारी दिएको पत्रकार पोख्रेलले बताउनुभयो। उनको बिषयमा जानकारी पाएपछि पोख्रेल सहितका केहि पत्रकारहरू उनलाई सहयोग गर्न नयाँगाउँ पुगेका हुन्।
उनको अवस्था निकै नाजुक रहेको छ। अरूको काम गरेर हातमुख जोर्दै आएका अधिकारी दम्पतिको २ जना छोरा र १ जना छोरी छन्। जेठो छोराले कक्षा ९ मा ,कान्छो छोराले कक्षा ६ मा पढ्छन् भने छोरीले कक्षा २ मा पढ्छिन्। काम गरेरै छोराछोरीलाई पढाउँदै आएका दम्पितीको निकै पिडादायी जीवन गुजारेर बसेको स्थानिय शरदराज अधिकारीले बताउनुभयो। विपन्न अधिकारी दम्पतिले घर बनाउनको लागि आफ्नो जग्गामा घडेरी सम्म खारेका थिए। पाँच महिनाको लामो लकडाउनमा घर बनाउँने त परै जावस् खाना खाने पैसा समेत छैन्।
सहयोगका लागि विमल पोख्रेल संगै गएका माण्डवी गाउँपालिका २ मर्काबाङ निवासी समाजसेवी हरि बस्नेतले दम्पितीको निकै कष्टकर जीवन देखेर घर बनाउने अभियान सु? गर्ने बताउनुभयो। सबैले सहयोग उठाउँ बस्नेतले भन्नुभयो–‘‘ घर छैन सबै मिलेर घर बनाईदिउँ पत्रकार साथीह?ले सहयोग गर्नुस् म यो अभियानमा लाग्छु।” सबैलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ। घर बनाउन सहयोग गर्न चाहाने इच्छुक ब्यक्तिले हरि बस्नेतको फोन नं. ९८४४९२७८३० मा सम्पर्क गर्न सकिनेछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...