News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ५ हजार २० जनाकाे स्वाब संकलन ,२२ जना काेराेना संक्रमितको आइसोलेसनमा उपचार हुँदै

दीपा पाैडेल २४ भदाै २०७७
८२० पटक
२४ भदाै २०७७

प्युठान, विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित जिल्लाका २२ जनाको उपचार भैईरहेको छ।

सोमबार सम्म जिल्लामा रहेका २२ जना कोरोना संक्रमितहरुको स्थानिय तहहरुमा रहेका स्थानिय आइसोलेशनमा राखेर उपचार गराईरहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो। जिल्लाका ९ वटा स्थानिय तहहरु मध्ये सबै भन्दा बढी प्युठान नगरपालिकाका ११ जना संक्रमित रहेका छन्।

११ जनाकै नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा उपचार भैरहेको छ। त्यस्तै स्वर्गद्धारी नगरपालिकामा ५ जना , मल्लरानी गाउँपालिकामा १ जना , झिमरुक गाउँपालिकामा १ जना र नौबहिनी गाउँपालिकामा ३ जना संक्रमितको स्थानिय तहमा रहेका आइसोलेशन केन्द्रमा उपचार भैरहेको छ। सोमबार सम्म जिल्लामा ५ हजार २० जनाको स्वाब संकलन गरि पठाईएको छ।

स्वाब संकलन भएका मध्ये ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ९८ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताउनुभयो। गत मंगलबार देखि सोमबार सम्म एक हप्तामा ६ जनामा मात्र कोरोना संक्रमण भएकोले घट्दो क्रममा रहेको भन्न सकिने उहाँले बताउनुभयो। अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संक्रमितहरुका निकटतम सम्पर्कमा आएका ब्यक्ति, प्रतिष्ठित ब्यापारी लगाएतको स्वाब संकलन गरि जाँचको दायरालाई बढाएको समेत उहाँले बताउनुभयो।

जिल्लामा सरुमारानी गाउँपालिका, गौमुखी गाउँपालिका र माण्डवी गाउँपालिकाका स्थानिय आइसोलेशनमा कोरोना संक्रमित शुन्य रहेका छन्। कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने सतर्कता अपनाउन समेत सुवेदीले सबैलाई आग्रह गर्नुभएको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धि छलफल 

कोरोना भाइरसको संक्रमण रोकथाम उपचार तथा ब्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका सबै स्थानिय तहका स्वास्थ्य शाखाका प्रमुखहरुलाई उक्त अभिमुखीकरण दिएको हो। कोरोना भाइरस संक्रमणको कन्ट्राक्ट टे«सिङको प्रक्रियाबारे जानकारी एवं खोज अनुसन्धानका लागि आवश्यक पर्ने विभिन्न फारमहरुको प्रयोग लगाएतका बिषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

स्वास्थ्य कार्यालय प्युठानको आयोजना तथा सु आहारा दोश्रो चरण कार्यक्रमको सहयोगमा कार्यक्रम गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जिल्लामा संक्रमण फैलन नदिन स्थानिय तह तथा स्वास्थ्य शाखाहरुको महत्पुर्ण भूमिका रहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो। कोरोना भाइरस संकट ब्यवस्थापन समितिका संयोजक समेत रहनुभएका भूषालले चाड पर्व नजिकिरहेका बेला जिल्ला बाहिरबाट नागरिकहरु जिल्ला भित्रने भएकोले अनिवार्य रुपमा क्वारेन्टाइनको ब्यवस्था लागु गर्न सुझाव दिनुभएको छ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन अन्तरगत प्रदेश नं. ५ का प्रतिनिधि हरि भुषालले कार्यक्रमको औचित्य माथि बताउँदै संक्रमणको श्रोत पहिचानबाट मात्रै संक्रमण न्यूनिकरण हुन सक्ने बताउनुभयो। कार्यक्रममा कोरोना भाइरसको परिचय, रोकथाम ,नियन्त्रण र ब्यवस्थापनका सन्दर्भमा भएका विभिन्न कृयाकलाप ,संक्रमित खोज तथा सम्पर्क पहिचान समुहको जिम्मेवारी महामारीको अवस्थामा पोषणको महत्व लगाएतका बिषयमा जानकारी गराउँदै बिस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सु आहारा दोश्रो चरण कार्यक्रमका कार्यक्रम संयोजक भरत प्रसाद भट्टले संक्रमण न्युनिकरणका लागि नगर तथा गाउँपालिका स्तरमा गठित रोकथाम उपचार तथा ब्यवस्थापन समुहलाई समेत अभिमुखिकरण गर्ने बताउनुभयो। कार्यक्रमको सहजीकरण विश्व स्वास्थ्य संगठन प्रदेश नं. ५ का प्रतिनिधि हरि भुषाल, डा. मोना अधिकारी ,सु आहारा कार्यक्रम प्रदेश नं. ५ का श्रोत ब्यक्ति डा. समिप थपलिया र स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५ का प्रतिनिधि नेत्र अर्याल लगाएतले गर्नुभएको थियो।

लिस्ने जनसंचार साप्ताहिक अंक ८ मिति २०७७ भदाै २३ मंगलवारकाे अंकमा प्रकाशित समाचार 

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...