News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा सुरक्षित नागरिक आवासवाट १७ सय वढी परिवार लावान्वित हुने, प्रतिघर ५० हजार अनुदान

सिखबर संवाददाता२५ भदाै, प्यूठान
१६९३ पटक
२५ भदाै, प्यूठान

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत जिल्लामा १ हजार ७ सय ६ परिवार लाभान्वित हुने भएका छन्। विहिवार प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलको संयोजकत्वमा वसेको वैठकले जिल्लाभरवाट १ हजार ७ सय ६ घरलाई सुरक्षित आवास कार्यक्रमवाट लावान्वित हुने निर्णय गरेको हो।

प्युठान नगरपालिकामा २ सय, स्वर्गद्धारी नगरपालिकामा २ सय ५०, गौमुखी गाउँपालिकामा ५०, माण्डवी गाउँपालिकामा एक सय, सरूमारानी गाउँपालिकामा २ सय, मल्लरानी गाउँपालिकामा एक सय ६६, नौवहिनी गाउँपालिकामा दुई सय २०, झिमरुक गाउँपालिकामा २ सय र ऐरावती गाउँपालिकामा तीन सय २० घरपरिवार कार्यक्रमवाट लावान्वित हुने समितिका सदस्य एवं प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतिले वताउनु भयो। स्थानिय तहअनुसार संख्या छनोट गरिएको तर लावान्वितको छनोट सम्वन्धित स्थानिय तहले गर्ने कक्षपतीले वताउनु भयो। १० दिने सुचना जारी गरि स्थानिय तहले आवेदन माग गर्ने र आवेदक मध्यवाट कार्यविधिले निर्दिष्ट गरेको सुचकका आधारमा लावान्वित छनोट गरिने छ।

स्थानिय तहवाट छनोट भएका घरहरुले घर निर्माण तथा पुनर्निमाणका लागि प्रतिघर ५० हजार रुपैयाँ पाउने र उक्त रकम सम्वन्धित घरधनिको खातामा पठाईने सघन शहरी तथा भवन निर्माण अयोजना दाङका आयोजना प्रमुख महेश वहादुर सिँहले वताउनु भयो। कार्यक्रमवाट प्राप्त रकमले जस्तापाता र घर निर्माणका लागी आवश्यक काठ लगायत निर्माण सामाग्रीमा खर्च गर्नसक्ने सिँहले वताउनु भयो।

यस्ता छन लाभग्राही छनोटका आधारः
सुरक्षित नागरिक आवास कार्यन्वयन कार्यविधि, २०७५ ले गरिविको रेखामुनी रहेका, प्रकोपका कारण घरवार विहिन भएका घर परिवारहरुले सुरक्षित आवास निर्माण आफैले गर्न चाहेमा जस्तापाता र सहुलियत दरको काठ लगायतका सामाग्री खरिदका लागी कार्यविधिको परिच्छिेद २ को उपदफा ३ वमोजिम लाभग्राही पहिचान र उपदफा ४ मा छनोटका आधारको व्यवस्था गरेको छ।

घरको छाना खर, पराल, स्याउला, आसवेसटस, विटुमिन, ड्रम वा आगो, पानि र हुरिवाट सहजै प्रभावित हुनसक्ने सामाग्रीवाट छाएको, गरिविको रेखामुनी रहेका आफैले सुरक्षित आवास निर्माण गर्न चाहेको तथा निर्माण गरिरहेको परिवार, जग्गाधी प्रमाण पुर्जा वा घर जग्गाको तिरो, विद्युत पानि वा अन्य सुविधा शुल्क वुझाएका, सम्वन्धित स्थानिय तहमा स्थायि वसोवास गरिरहेका परिवारका सदस्यहरु कार्यक्रमवाट लावान्वित हुनेछन्। सगोलमा रहेका परिवारले एउटा आवासको लागि मात्र अनुदान रकम पाउने व्यवस्था कार्यविधीले गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...