News Portal

रेडियो सुन्नुहोस्

बामदेव गौतम, राष्ट्रिय सभा प्रवेशको सन्दर्भ र भइरहेको विरोध

डा‍. रामकुमार अधिकारी२६ भदौ २०७७ मा प्रकाशित
१०६२ पटक
२६ भदौ २०७७ मा प्रकाशित

बिभिन्न संचार माध्यमहरु र सामाजिक सन्जालहरु मार्फत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष क।बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयको चर्को आलोचना भइरहेको छ । केहीले गौतमका क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन् र हदैसम्मका लज्जित हुने भाषामा अपमान गरेका छन् । त्यसै गरी हाल केही ‘बुद्धिजिीहरु’को प्राज्ञिक कौशलहरु यो वा त्यो नाममा क।बामदेब गौतमको आलोचना गर्नमै ब्यस्त देखिन्छन् । यही सन्दर्भमा यहाँ केही प्रस्ट्याउन चाहन्छु ।

१) बामदेव गौतम नेपालको कम्युनिष्ट आन्दोलनका समकालिन शिर्षस्त नेताहरु मध्य एक हुनुहुन्छ । वहाँ प्रधानमन्त्री के.पी. ओली, झलनाथ खनाल, प्रचण्ड, माधव नेपालका समकालिन नेता हुनुहुन्छ ।
२) नेपालको कम्युनिष्ट आन्दोलनमा बामदेब गौतमको ठुलो योगदान छ । कम्युनिष्ट पार्टीलाई यो उचाइमा ल्याउन वहाँको अभुतपुर्ब योगदान छ । वहाँको नाम, संघर्ष, निर्भिकता, निष्ठा, अडान, देशभक्ती र त्याग सुनेर नेपालमा धेरै मानिसहरु कम्युनिष्ट भएका छन् । वहाँ एक कुशल सङ्गठक, सिद्धान्त पोख्त ब्यक्तित्व हुनुहुन्छ ।

पहिले एउटा ब्यक्तिलाई राष्ट्रिय सभा सदस्य बनाउँदा कुनै आबाज ननिकाल्ने तर क.बामदेव गौतमको हकमा किन हदैसम्मको बिरोध गर्ने ? यो दोहोरो मापदन्ड भएन र ? कम्युनिष्ट पार्टीको मुटु भनेकै बिधी, पद्धती हो । निर्णय कार्यान्वयन गर्नु पार्टीको प्रमुख दायित्व हो । पार्टी सचिबालयले बिधी सम्मत ढंगले निर्णय गरेको बिषय कार्यन्वयन गर्ने कुरामा अनाबश्यक होहल्ला गर्नु हुँदैन । लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउँछ । तर आलोचनाको पनि निश्चित विधि, सिमा हुन्छन् होइन र ?

३) नेपालमा जनयुद्ध चरम ढंगले अगाडी बढीरहेको बेलामा ठुलो खतरालाई मोलेर रोल्पा गई शाहसिक रुपले निर्णय गरी जनयुद्ध र जनआन्दोलनलाई एकाकार गराई २०६२ को आन्दोलन सम्भब गराउने र जनयुद्धलाई शान्तिपूर्ण अवतरण गर्ने काममा क. बामदेब गौतमको ठुलो योगदान छ, तसर्थ वहाँ एक ऐतिहासिक ब्यक्ति हुनुहुन्छ ।
४) नेपालको संबिधान बनाउने कार्यमा क।बामदेब गौतमको ठुलो योगदान छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायत संविधानका प्रमुख उपलब्धिहरु सम्भब गराउने कार्यमा वहाँको अहम भूमिका छ ।
५) नेपालमा तत्कालिन ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्र बीचमा चुनाबी एकताका प्रमुख सुत्राधार मध्यका एक नेता क.बामदेब गौतम हुनुहुन्छ । यि दुई पार्टी बिचको एकता गराउन वहाँको ठुलो भूमिका छ ।
६) क.बामदेब गौतम महान देशभक्त नेता हुनुहुन्छ । केही समय अगाडि नेपालको गुमेको भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक कदमको सुत्राधार मध्येका एक हुनुहुन्छ ।
७) हालै मात्र नेपाल कम्युनिष्ट पार्टीलाई बिभाजनको सङ्घारबाट आफ्नो ६ बुँदे प्रस्ताब मार्फत हस्तक्षेप गरी क।बामदेब गौतमले जोगाउने काम गर्नु भएको हो । यो महान र ऐतिहासिक काम हो । नेपाल कम्युनिष्ट पार्टीको ईतिहासलाई हेर्ने हो भने पार्टी नेतृत्व संकट परेको बेलामा पार्टीलाई एक ढिक्का बनाउन क।बामदेव गौतमको महत्वपूर्ण भूमिका रहदै आएको छ । नेपाल कम्युनिष्ट पार्टीलाई एकिकरण गर्ने आधार तयार पार्ने र फुट्न लागेको कम्युनिष्ट पार्टीलाई एक ढिक्का बनाउने नेता क।बामदेव गौतमको कदम देखेर प्रतिकृयाबादीहरु र तीनका मतियारहरु मर्माहत भएका छन् । देशभक्त नेतालाई देशद्रोही दलालहरुले बिरोध गर्नु स्वाभाबिक नै हो ।
८) मुलुकको याबत समस्या समाधान गर्न, नेपाललाई दुनियाँको बिकसित, समृद्ध मुलुक बनाउने सुत्रहरु सहितको, दिगो बिकासका लक्षहरु, रणनीतिहरु, सुचाङ्कहरु पुरा गर्न आबश्यक रणनीतिहरु, गर्नुपर्ने इन्टर्भेन्सनहरु सबै समेटेर लेखिएको ‘नेपाल निर्माणको महाअभियान’ पुस्तक लगायत अनेक महत्वपूर्ण राजनैतिक, साहित्यिक पुस्तकहरुका लेखक क।बामदेव गौतम हुनुहुन्छ ।
९) क.बामदेव गौतमसँग देश र जनताको उन्नति, प्रगति र समृद्धिको निम्ति भिजन, विचार, सपना, योजना र दृढ इच्छाशक्ति छ । उहाँमा भुकम्प, नाकाबन्दी, कोरोना र शताब्दिऔदेखिको बेथितीका कारणले शिथिल अर्थतन्त्र सूधार्न एबं मुलुकले अनेक क्षेत्रमा छलाङ मार्न ‘समृद्धिको महाअभियान’ सन्चालन गर्न ब्यापक जनपरिचालन गर्न सक्ने क्षमता छ ।

तत्कालिन एमाले र माओवादी केन्द्र बिचको चुनाबी मोर्चा निर्माण र त्यसको ब्यबस्थापनमा लामो समय दिनु पर्दा, आफ्नो निर्वाचन क्षेत्रमा समय दिन नपाउँदा र अन्य केही कारणले हालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले मात्र बिजयी नहुनु भएका क.बामदेव गौतम जस्ता साहशिक, त्यागी, सिद्धान्तनिष्ट नेतालाई हदैसम्मको अपमान गर्नु र गर्न लगाउनु निसन्देह कायरतापूर्ण कार्य हो ।

१०) नेपालमा ठुला–ठुला उद्ययोगहरु स्थापना हुन नदिने, लगानी मैत्री बातावरण हुन नदिने, नेपालीलाई गरीबै देख्न चाहने, नेपालको अर्थतन्त्र ध्वस्त पार्न चाहने, नेपाललाई परनिर्भर बनाई राख्न चाहने शक्तिहरुले पुनः नेपालमा अस्थिरता छाओस् भनेर प्रार्थना गरिरहेका छन । संसारलाई उदाहरण भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई ती शक्तिहरुले निमिट्यान्न पार्न चाहन्छन । ती अदृष्य शक्तिहरु राम्रा देखिने नाराको आडमा राष्ट्रघाती काम गरिरहेका हुन्छन् र जनता झुक्क्याइरहेका हुन्छन् । दलाल पूँजीवादी प्रवृत्तिले आफ्नो कुरा सोझो भाषामा भन्दैन । त्यसैले उनीहरूले केही असम्भव तर सुन्दा–पढ्दा राम्रा लाग्ने नारा र भनाई तयार गर्छन् र जनताको मनोविज्ञानको शोषण गर्छन् । त्यही दलाल प्रबृद्धि आज त्याग, निष्ठा र संघर्षको प्रतिमुर्ती कमरेड बामदेब गौतमलाई तल्लो स्तरमा ओर्लियर मानब सभ्यातालाई नै लज्जित पार्ने शब्दहरु बोलेर, लेखेर, ब्यङ्ग गरेर अपमानित गरिरहेका छन् ।
११। बुद्धिजीबिहरुलाई प्रश्न – गौतम बुद्धले प्रतिपादन गरेको दर्शनमा अन्य धेरैले पि।एच।डी। गरेका छन् । गौतम बुद्धले त कुनै डिग्री लिएका थिएनन् । तसर्थ अध्ययन, अनुभब र स्वःअध्ययनले कुनै बिषय बस्तुमा गहिरो सैद्धान्तिक र व्यबहारिक ज्ञान भएको ब्यक्ति त्यस बिषयको बिद्धवान हुन्छ भन्ने कुरा स्पष्ट छ । ग्रिक दार्शनिकहरुले भनेका छन – अध्ययन, अनुभब, स्वःअध्ययनले प्राप्त ज्ञान ‘समुद्र’ हो भने परिक्षामा प्राप्त नम्बरको आधार र शैक्षिक डिग्री ‘खोला’ मात्र हो । ‘बिद्धता’ शैक्षिक डिग्री प्राप्त गरेको जस्तो सजिलै प्राप्त गर्न सकिदैन ।
१२। राजनैतिक, बैचारिक मुद्धा नभएका कतिपय फूर्सदिला, सामाजिक ब्यक्तिहरु खुब कराउँछन, बेमौसमी बाजा बझाउँछन । मानिससँग तर्कको अन्त्य भएपछि र बिबेक गुम्न थाले पछि नयाँ कथाहरु रचना गरेर होहल्ला गर्ने, गाली गर्ने मानिसको प्रबृति हुन्छ । क। बामदेव गौतमका निम्ति राष्ट्रिय सभाको सदस्य ठुलो पद होइन । वहाँ धेरै पटक चुनाव जित्नु भएको, धेरै पटक उपप्रधानमन्त्री भइसक्नु भएको ब्यक्ति हुनुहुन्छ । देशका महत्वपूर्ण ब्यक्तिहरु रहने स्थान नै राष्ट्रिय सभा हो । तत्कालिन एमाले र माओवादी केन्द्र बिचको चुनाबी मोर्चा निर्माण र त्यसको ब्यबस्थापनमा लामो समय दिनु पर्दा, आफ्नो निर्वाचन क्षेत्रमा समय दिन नपाउँदा र अन्य केही कारणले हालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले मात्र बिजयी नहुनु भएका क.बामदेव गौतम जस्ता साहशिक, त्यागी, सिद्धान्तनिष्ट नेतालाई हदैसम्मको अपमान गर्नु र गर्न लगाउनु निसन्देह कायरतापूर्ण कार्य हो । पहिले एउटा ब्यक्तिलाई राष्ट्रिय सभा सदस्य बनाउँदा कुनै आबाज ननिकाल्ने तर क.बामदेव गौतमको हकमा किन हदैसम्मको बिरोध गर्ने ? यो दोहोरो मापदन्ड भएन र ? कम्युनिष्ट पार्टीको मुटु भनेकै बिधी, पद्धती हो । निर्णय कार्यान्वयन गर्नु पार्टीको प्रमुख दायित्व हो । पार्टी सचिबालयले बिधी सम्मत ढंगले निर्णय गरेको बिषय कार्यन्वयन गर्ने कुरामा अनाबश्यक होहल्ला गर्नु हुँदैन । लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउँछ । तर आलोचनाको पनि निश्चित विधि, सिमा हुन्छन् होइन र ?

लेखक

(लेखक: डा. अधिकारी धादिङ निर्वाचन क्षेत्र नं. २ (१)बाट निर्वाचित नेकपाका बागमति प्रदेश सांसद हुनुहुन्छ । महाराजगन्ज मेडिकल क्याम्पसबाट Phd. गर्ने पहिलो ब्यक्ति र National Academy of Science and Technology (NAST), Nepal बाट बैज्ञानिकको रुपमा पुरस्कार प्राप्त गर्ने ब्यक्ति हुनुहुन्छ ।)

Email: [email protected]

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...