News Portal

रेडियो सुन्नुहोस्

सासंदको नाम समाचारमा नराखेको भन्दै गाली गर्ने जि.सी माथी प्यूठानका पत्रकारहरुको पेशागत संगठनहरुको ध्यानाकर्षण

सिखबर संवाददाता२७ भदाै ,२०७७
११८९ पटक
२७ भदाै ,२०७७

प्युठान, प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको सचिवालयमा काम गर्ने तथा अखिल छैठौंका केन्द्रिय सचिव सुवास जि.सीले जिल्लाका पत्रकारहरुलाई अपमानित हुने गरि सामाजिक सञ्जाल फेशबुक मार्फत गाली बेइजत गरेको बिषयमा प्युठानमा क्रियाशिल पत्रकारहरुका पेशागत संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन्।

संयुक्त बिज्ञप्ती निकाल्दै माननीय ज्यूको सचिवालयमा काम गर्ने तथा अखिल छैठौंको केन्द्रिय सचिव जस्तो ब्यक्तिले घृणित शब्दमा पत्रकारलाई गाली गरेकोमा गम्भिर आपत्ति समेत प्रकट गरेका छन्।

प्रेस संगठन नेपाल जिल्ला शाखा प्युठानका संयोजक नोमराज पौडेल, नेपाल प्रेस युनियन प्युठानका उपाध्यक्ष मधुसुदन भण्डारी, प्रेस नेपाल प्युठानका संयोजक राम बहादुर विश्कर्मा र क्रान्तिकारी पत्रकार संगठन प्युठानका सचिव मधुसुधन पोख्रेलको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा समाचारमा सांसद दुर्गा पौडेलको नाम नआएको भन्दै घृणित शब्दमा गालीगलोज गर्नु गैर कानुनी कदम भएको समेत बताईएको छ। बिज्ञप्ती मार्फत यस्ता गतिबिधिबाट कत्तिपनि बिचल्ली नभई दृढतापुर्वक समाचार प्रकाशन प्रसारण गर्न सबै पत्रकारहरुलाई आग्रह समेत गरिएको छ।
जारी गरिएको बिज्ञप्ती

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...