News Portal

रेडियो सुन्नुहोस्

सासंदको नाम समाचारमा नराखेको भन्दै गाली गर्ने जि.सी माथी प्यूठानका पत्रकारहरुको पेशागत संगठनहरुको ध्यानाकर्षण

सिखबर संवाददाता२७ भदाै ,२०७७
११८१ पटक
२७ भदाै ,२०७७

प्युठान, प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको सचिवालयमा काम गर्ने तथा अखिल छैठौंका केन्द्रिय सचिव सुवास जि.सीले जिल्लाका पत्रकारहरुलाई अपमानित हुने गरि सामाजिक सञ्जाल फेशबुक मार्फत गाली बेइजत गरेको बिषयमा प्युठानमा क्रियाशिल पत्रकारहरुका पेशागत संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन्।

संयुक्त बिज्ञप्ती निकाल्दै माननीय ज्यूको सचिवालयमा काम गर्ने तथा अखिल छैठौंको केन्द्रिय सचिव जस्तो ब्यक्तिले घृणित शब्दमा पत्रकारलाई गाली गरेकोमा गम्भिर आपत्ति समेत प्रकट गरेका छन्।

प्रेस संगठन नेपाल जिल्ला शाखा प्युठानका संयोजक नोमराज पौडेल, नेपाल प्रेस युनियन प्युठानका उपाध्यक्ष मधुसुदन भण्डारी, प्रेस नेपाल प्युठानका संयोजक राम बहादुर विश्कर्मा र क्रान्तिकारी पत्रकार संगठन प्युठानका सचिव मधुसुधन पोख्रेलको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा समाचारमा सांसद दुर्गा पौडेलको नाम नआएको भन्दै घृणित शब्दमा गालीगलोज गर्नु गैर कानुनी कदम भएको समेत बताईएको छ। बिज्ञप्ती मार्फत यस्ता गतिबिधिबाट कत्तिपनि बिचल्ली नभई दृढतापुर्वक समाचार प्रकाशन प्रसारण गर्न सबै पत्रकारहरुलाई आग्रह समेत गरिएको छ।
जारी गरिएको बिज्ञप्ती

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...