News Portal

रेडियो सुन्नुहोस्

खेलाडिहरुको सक्रियतामा ब्याडमिन्टन कवर्डहलको शिलान्यास

सिखबर संवाददाता१० असोज, प्यूठान
१७१३ पटक
१० असोज, प्यूठान

ब्याडमिन्टन खेलाडीहरुको सक्रियतामा निर्माण हुने ब्याडमिन्टन कबडहलको आज शिलान्यास गरिएको छ। करिब ५० लाख बराबर लागत लाग्ने अनुमान गरिएकाे ब्याडमिन्टन कबडहलकाे आज प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले शिलान्यास गर्नुभएको छ ।

प्युठान नपा ४ स्थित गणतान्त्रिक खेल मैदान परिसरमा वन्ने उक्त हलका लागि नगर स्तरिय ब्याडमिन्टन संघ बिजुवारले संघमा आबद्द करिब ३० जना ब्याडमिन्टन खेलाडिहरुवाट रकम संकलन गरेको सचिव विनोद भण्डारीले जानकारी दिनुभयो। सचिव भण्डारीका अनुसार खेलाडिहरुले प्रति ब्यक्ति न्युनतम २०००० का दरले रकम उठाएका छन्। साथै अन्य दाताहरु र प्यूठान नगरपालिकाकाे सहयाेगमा हल निर्माण गर्न लागेको उहाले वताउनु भयो।

नगरपालीकामा ब्याडमिन्टन खेल प्रयाेजनका लागि कबड हल नभयकाे र पुण्यखाेलामा रहेकाे बहुउदेश्यिय हल क्पारेन्टाईन तथा आईसाेलेसनको रुपमा प्रयोग गरिएको हुनाले खेलाडिहरु खुल्ला आकाशमा खेल्न बाध्य भयकाे अबस्थालाई मध्यनजर गरि उक्त हल निर्माण गर्न थालिएको हो।

खेल मैदानकाे जग्गा नगर ब्याडमिन्टन संगले नगरपालिका संग माग गरि खेलाडिहरुकै लागत खर्चमा बनाउन लागेकाे र याे कबडहल सुद्घ ब्याडमिन्टन कबडहल बन्ने र सबै ठाउका खेलाडिहरुले प्रयाेग गर्न पाउने कुरा नगर ब्याडमिन्टन संघका अध्यक्ष बालाजु श्रेष्ठले बताउनु भयाे ।
निर्माण हुने आधुनिक कबडहलमा काठकाे पार्केटिङ सहितकाे दुईओटा ब्याडमिन्टन काेड , खानेपानि , पार्किङ गार्डेन , ट्वाईलेट , बाथरुम , टिटि काेड , विभिन्न किसिमका मनाेरन्जनात्मक सामग्रिहरु , अन्य सारिरिक ब्याम गर्ने साधन तथा स्थानहरु रहनेछन्।
सिलान्यास कार्यक्रममा बाेल्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिकाकाे मुटु, खेल मैदान भित्र ब्याडमिन्टन खेलाडिहरुले आफ्नै लागतमा आफै सकृय भयर नगरकाे एक सम्पतिलाई निर्माण गर्न लागेकाेमा धन्यबाद दिदै यस कार्य सम्पन्न गर्नका लागि नगरपालिकाले सहयाेग गर्ने र खेलकुदमा सकृय भयर लाग्न समेत खेलाडिहरुलाई आग्रह गर्नुभयाे ।उहाले भन्नुभयाे “सरकारले बनाउनपर्ने संरचनालाई खेलाडिहरुले आफ्नै लागतमा सुरुवात गर्नुभनेकाे निकै राम्राे कुरा हो।”

नगर स्तरिय ब्याडमिन्टन संघमा अध्यक्ष बालाजु श्रेष्ठ उपाध्याक्ष गाेबिन्द कार्कि, सचिब बिनाेद भण्डारी , सहसचिब चन्द्रघर्ति काेषाध्यक्ष बिनाेद थापा लगायत रहनुभएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...