News Portal

रेडियो सुन्नुहोस्

रोजगारी गुमाएकालाई नगरपालीकामा सडक मर्मतको काम

सिखबर संवाददाता२२ असोज प्यूठान
१७०५ पटक
२२ असोज प्यूठान

कोरोना भाइरसका कारण नेपालभित्र र अन्य मुलुकमा रोजगार गुमाएर खाली वसेका नागरिक हरुलाई प्यूठान नगरपालिकाले रोजगार दिएको छ ।

नगरपालिकाले १० वटै वडामा रोजगार गुमाएका साथै वेरोजगार वसिरहेका स्थानीयलाई मानविय श्रमवाट संभव हुनेखालका सडक मर्मत गर्ने काम लगाएर रोजगारी दिएको मेयर अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।

नगरपालिकाभर झन्डै ६० लाख रुपैयाँ बराबरको काम स्थानीयलाई दिन थालिएको कक्षपतिले बताउनुभयो । स्थानीयलाई गाउँमै रोजगारी दिने उद्देश्यले यसपालि कडा चट्टान, ढुंगा खसेको स्थान बाहेका सबै स्थानका सडकहरु मान्छेले सोहोर्ने, मर्मत गर्नेगरी प्राविधिक स्टिमेट गराएर उपभोक्ता समिति मार्फत काम अगाडि बढाइएको कक्षपतिले बताउनुभयो । अघिल्ला वर्षहरुमा बर्खामा बिग्रेका सडक डोजर, स्काभेटर, जेसीबी मार्फत सोर्न गरिन्थ्यो ।

मेयर कक्षपति समेत स्थानीयसँगै फरुवा, कोदाली बोकेर काममा खट्नुभएको छ। ‘सडक मर्मतको काम नसकिदासम्म हरेक दिन काम गर्ने योजना बनाएको छु,’ कक्षपतिले भन्नुभयो, ‘यसले जनतासँग आत्मियता, बढ्दै गएको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...