News Portal

रेडियो सुन्नुहोस्

रोजगारी गुमाएकालाई नगरपालीकामा सडक मर्मतको काम

सिखबर संवाददाता२२ असोज प्यूठान
१७२४ पटक
२२ असोज प्यूठान

कोरोना भाइरसका कारण नेपालभित्र र अन्य मुलुकमा रोजगार गुमाएर खाली वसेका नागरिक हरुलाई प्यूठान नगरपालिकाले रोजगार दिएको छ ।

नगरपालिकाले १० वटै वडामा रोजगार गुमाएका साथै वेरोजगार वसिरहेका स्थानीयलाई मानविय श्रमवाट संभव हुनेखालका सडक मर्मत गर्ने काम लगाएर रोजगारी दिएको मेयर अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।

नगरपालिकाभर झन्डै ६० लाख रुपैयाँ बराबरको काम स्थानीयलाई दिन थालिएको कक्षपतिले बताउनुभयो । स्थानीयलाई गाउँमै रोजगारी दिने उद्देश्यले यसपालि कडा चट्टान, ढुंगा खसेको स्थान बाहेका सबै स्थानका सडकहरु मान्छेले सोहोर्ने, मर्मत गर्नेगरी प्राविधिक स्टिमेट गराएर उपभोक्ता समिति मार्फत काम अगाडि बढाइएको कक्षपतिले बताउनुभयो । अघिल्ला वर्षहरुमा बर्खामा बिग्रेका सडक डोजर, स्काभेटर, जेसीबी मार्फत सोर्न गरिन्थ्यो ।

मेयर कक्षपति समेत स्थानीयसँगै फरुवा, कोदाली बोकेर काममा खट्नुभएको छ। ‘सडक मर्मतको काम नसकिदासम्म हरेक दिन काम गर्ने योजना बनाएको छु,’ कक्षपतिले भन्नुभयो, ‘यसले जनतासँग आत्मियता, बढ्दै गएको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...