News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकामा अर्थ मन्त्रालयवाट नयाँ स्कारपियो!

नगरपालीकाद्वारा पहलका लागी नेता थापाप्रती धन्यवाद ज्ञापन

सिखबर संवाददाता२२ कार्तिक प्यूठान
२५४८ पटक
२२ कार्तिक प्यूठान

संघिय सरकार अर्थ मन्त्रालयले प्यूठान नगरपालीकालाई यौटा गाडी उपलव्ध गराएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले उपलव्ध गराएको गाडी आज नगरपालीकामा आईपुग्ने प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। संघिय सरकारको अर्थ मन्त्रालयवाट उपलव्ध स्कापियोको वजारमुल्य ३५ देखी ४० लाखसम्म पर्दछ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य एवं प्रधानमन्त्रिका प्रेस सल्लाहकार सुर्य थापाको विशेष पहलमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा जफत रहेको २०१७ मोडलको स्कारपियो अर्थ मन्त्रालयले प्यूठान नगरपालीकालाई उपलव्ध गराएको हो। “प्यूठान नगरपालीकाले पुरानै गाडी प्रयोग गर्दै आएकोमा उक्त गाडी आएपछी काममा थप सहजता हुनेछ। हामिले नगरपालीकासंग रहेको पुरानै गाडी प्रयोग गर्दै आएका थियौँ। स्थानिय तहको निर्वाचनपछी नगरपालीकाले चारपांग्रे सवारीसाधन खरिद गरेको छैन।” मेयर कक्षपतीले भन्नुभयो–“अर्थ मन्त्रालयले यो गाडी उपलव्ध गराएपछी नगरपालीकाको कामकाजमा थप सहजता हुनेछ। गाडी खरिद गर्ने पैसा नगरपालीकाले विकासनिर्माण र जनताको काममा लगाउनेछ।” मेयर अर्जुनकुमार कक्षपतीले उक्त गाडी नगरपालीकालाई उपलव्ध गराउन पहल गर्ने नेकपाका केन्द्रिय सदस्य एवं प्रधानमन्त्रिका प्रेससल्लाहकार सुर्य थापालाई धन्यवाद दिनुभयो।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयवाट थापाकै पहलमा प्यूठान जिल्लामा गम्भिर अवस्थाका विरामिलाई उपचार गर्न प्रयोग गरिने ५ वटा भेन्टिलेटर मेसिन भित्रिएको थियो। सोहिक्रममै नेता थापाले अर्थ मन्त्रालयवाट प्यूठान नगरपालीकामा नयाँ गाडी उपलव्ध गराउन पहल गर्नुभएको थियो। प्यूठान नगरपालीकाले स्थानिय तहको निर्वाचनपछी ४ पांग्रे सवारीसाधन खरिद गरेको छैन। नगरपालीकासंग यौटा पुरानो चारपांग्रे गाडी रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...