News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकामा अर्थ मन्त्रालयवाट नयाँ स्कारपियो!

नगरपालीकाद्वारा पहलका लागी नेता थापाप्रती धन्यवाद ज्ञापन

सिखबर संवाददाता२२ कार्तिक प्यूठान
१८७२ पटक
२२ कार्तिक प्यूठान

संघिय सरकार अर्थ मन्त्रालयले प्यूठान नगरपालीकालाई यौटा गाडी उपलव्ध गराएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले उपलव्ध गराएको गाडी आज नगरपालीकामा आईपुग्ने प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। संघिय सरकारको अर्थ मन्त्रालयवाट उपलव्ध स्कापियोको वजारमुल्य ३५ देखी ४० लाखसम्म पर्दछ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य एवं प्रधानमन्त्रिका प्रेस सल्लाहकार सुर्य थापाको विशेष पहलमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा जफत रहेको २०१७ मोडलको स्कारपियो अर्थ मन्त्रालयले प्यूठान नगरपालीकालाई उपलव्ध गराएको हो। “प्यूठान नगरपालीकाले पुरानै गाडी प्रयोग गर्दै आएकोमा उक्त गाडी आएपछी काममा थप सहजता हुनेछ। हामिले नगरपालीकासंग रहेको पुरानै गाडी प्रयोग गर्दै आएका थियौँ। स्थानिय तहको निर्वाचनपछी नगरपालीकाले चारपांग्रे सवारीसाधन खरिद गरेको छैन।” मेयर कक्षपतीले भन्नुभयो–“अर्थ मन्त्रालयले यो गाडी उपलव्ध गराएपछी नगरपालीकाको कामकाजमा थप सहजता हुनेछ। गाडी खरिद गर्ने पैसा नगरपालीकाले विकासनिर्माण र जनताको काममा लगाउनेछ।” मेयर अर्जुनकुमार कक्षपतीले उक्त गाडी नगरपालीकालाई उपलव्ध गराउन पहल गर्ने नेकपाका केन्द्रिय सदस्य एवं प्रधानमन्त्रिका प्रेससल्लाहकार सुर्य थापालाई धन्यवाद दिनुभयो।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयवाट थापाकै पहलमा प्यूठान जिल्लामा गम्भिर अवस्थाका विरामिलाई उपचार गर्न प्रयोग गरिने ५ वटा भेन्टिलेटर मेसिन भित्रिएको थियो। सोहिक्रममै नेता थापाले अर्थ मन्त्रालयवाट प्यूठान नगरपालीकामा नयाँ गाडी उपलव्ध गराउन पहल गर्नुभएको थियो। प्यूठान नगरपालीकाले स्थानिय तहको निर्वाचनपछी ४ पांग्रे सवारीसाधन खरिद गरेको छैन। नगरपालीकासंग यौटा पुरानो चारपांग्रे गाडी रहेको थियो।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने...

विभिन्न कार्यक्रम गरि नौंबहिनीले मनायो गणतन्त्र

१६औं गणतन्त्र दिवस नौबहिनी गाउँपालिकाले पनि मनाएको छ । गणतन्त्र दिवसको अवसरमा नौबहिनी गाउँपालिकाले सोमबार...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी